काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। बैंकको अंकित तथा चुक्तामूल्य रु १००० कायम भएको ३० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो।
‘१० वर्षे अवधिको ७.५० प्रतिशत ब्याजदर भएको ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०९१’ नामक यो ऋणपत्र धितोपत्र सूचीकरण नियमावली २०७५ बमोजिम गत वैशाख ७ गतेको निर्णय बमोजिम सूचीकरण गरिएको हो।
यससँगै नेप्से र बैंकबीच ऋणपत्र सूचीकरण सम्झौता सम्पन्न भएको छ। यससँगै अब आगामी कारोबारदेखि यो ऋणपत्र दोस्रो बजारमा कारोबारमा आउनेछ ।
बैंकले गत फागुन १८ गतेदेखि फागुन २३ गतेसम्म १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता भएको १० वर्षे अवधिको ऋणपत्र निष्कासन गरेको थियो ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                