बिहीबार, चैत्र २१,२०८१ 03:13:34
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 03:13:34
IME remit
Global IME Bank Limited

एभरेष्ट बैंक र धनगढी नेत्रालयबीच छुट प्रदान गर्ने सम्झौता

Hyundai Nepal
एभरेष्ट बैंक र धनगढी नेत्रालयबीच छुट प्रदान गर्ने सम्झौता
Nabil Bank Limited

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेड र धनगढी नेत्रालय प्रालि., धनगढी कैलाली बिच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । 

यससँगै बैंकका सम्पूर्ण ग्राहकहरुले उक्त नेत्रालयको विभिन्न सेवामा १० प्रतिशत सम्मको आकर्षक छुट पाउने छन् ।

Shivam Cement
Bizshala
CG Motors

उक्त सम्झौतामा बैंकका वरिष्ठ प्रबन्धक सतिश प्रताप सिंह र नेत्रालयका मेडिकल डाइरेक्टर डा. रविधर भण्डारीले हस्ताक्षर गरेका हुन् ।  सम्झौता लागू भए संगै बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु साथै कर्मचारीहरु तथा तिनका पारिवारीक सदस्यहरुले उक्त अस्पतालबाट ओपिडी तथा आईपिडी र चश्मा तथा फ्रेममा मा १० सम्म साथै फार्मेसी तथा सर्जरीमा सेवामा ५ सम्मको विशेष छुट पाउनेछन् ।  

बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र नेत्रालयका अध्यक्ष जेन्द्र बहादुर चन्दको उपस्थितिमा हस्ताक्षर उक्त समारोहमा बैंकका सुदुर पश्चिम प्रदेशका प्रादेशिक प्रबन्धक उज्वल कुमार पोखरेलको समेत उपस्थिति रहेको थियो ।  

बैंकमा हालसम्म १४ लाख भन्दा बढी ग्राहक रहेका छन् । बैंकले  देशैभरि छरिएर रहेको आफ्ना २८ शाखा सञ्जाल ३ एक्सटेन्सन काउण्टर,७ प्रादेशिक कार्यालय, १६४ ए्.टि.एम्सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेटर एस्एमएस ्बैकिङ्ग सुबिधा प्रदान गर्दै आइरहेको छ ।  

यसका साथै बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ । 

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.