काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडको ३१ औं वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । बैंकको उक्त सभा काठमाण्डौको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा आयोजना हुन लागेको हो ।
सभामा बैंकको हाल कायम चुक्तापूँजीको १४ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस सेयर गरी कुल २० प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित हुनेछ ।
यस्तै सञ्चालक समितिका अध्यक्षले पेश गर्ने वार्षिक प्रतिवेदन, वित्तीय विववरणहरु तथा लेखापरीक्षकको प्रतिवेदनमाथि छलफल भई पारित गरिनेछ ।
लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि बैंकले गत असोज २४ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ । यसर्थ असोज २३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै बैंकद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य ठहरिनेछन् ।

