मंगलवार, कार्तिक ३,२०८३ 03:39:16
  • मंगलवार, कार्तिक ३,२०८३ 03:39:16
Global IME Bank Limited

एभरेष्ट बैंकको खुद नाफा र वितरणयोग्य मुनाफा दुवै बढ्यो, ईपीएस ३६.९५ रुपैयाँ पुग्यो

Bizshala
एभरेष्ट बैंकको खुद नाफा र वितरणयोग्य मुनाफा दुवै बढ्यो, ईपीएस ३६.९५ रुपैयाँ पुग्यो
New Office

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ५ अर्ब ६ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । बैंकले आर्जन गरेको यो नाफा गत आवमा आर्जन गरेको तुलनामा ४.७५ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म भने बैंकले ४ अर्ब ८३ करोड रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।  

यस्तै बैंकले ५ अर्ब २७ करोड रुपैयाँबराबरको वितरणयोग्य मुनाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ७.४५ प्रतिशतले बढी हो ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

बैंकले यो अवधिसम्म ९ अर्ब १९ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । खुद शुल्क तथा कमिशन आम्दानी पनि १ अर्ब ५३ करोडबाट बढेर १ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ ।  

१३ अर्ब ७२ करोड रुपैयाँबराबरको चुक्तापूँजी भएको बैंकको रिटेन्ड अर्निङ ५ अर्ब ५० करोड रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा १५ अर्ब ७२ करोड रुपैयाँ रहेको छ । अघिल्लो आवमा भने बैंकको रिजर्भमा १३ अर्ब ८६ करोड सञ्चित रहेको थियो ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

बैंकको निस्क्रिय कर्जा केही बढेको छ । जसअनुसार अघिल्लो वर्ष ०.३८ प्रतिशत रहेको यस्तो कर्जाको अनुपात बढेर ०.४९ प्रतिशत पुगेको छ ।  

समीक्षा अवधिसम्म बैंकको कुल निक्षेप ३ खर्ब १६ अर्ब तथा कुल कर्जा प्रवाह २ खर्ब ३५ अर्ब रुपैयाँ रहेको छ । अघिल्लो वर्षको यही अवधिसम्म बैंकको निक्षेप २ खर्ब ९८ अर्ब तथा कुल कर्जा २ खर्ब १३ अर्बमा सीमित रहेको थियो ।  

समीक्षा अवधिमा बैंकको ईपीएस ३६.९५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २५६.४७ रुपैयाँ, पीई रेसियो १८.८१ गुणा र तरलता अनुृपात ३१.९१ प्रतिशत कायम भएको छ । 

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.