काठमाण्डौ। एभरेष्ट बैंक लिमिटेडले पाँच वर्षभन्दा पुरानो भुक्तानी हुन बाँकी लाभांश रकम बुझिलिन सेयरधनीलाई आग्रह गरेको छ। बैंकले एक सूचुना जारी गर्दै आर्थिक वर्ष २०५५/५६ देखि विभिन्न आर्थिक वर्षसम्म घोषणा गरिएका नगद लाभांशमध्ये हालसम्म पनि नलिइएको रकम सम्बन्धित सेयरधनीले बुझ्न सक्ने जनाएको छ।
बैंकका अनुसार लाभांश प्राप्त गर्न बाँकी रहेका सेयरधनीले आफ्नो सेयर प्रमाणपत्र वा डिम्याट खाताको विवरण, नागरिकता वा अन्य परिचयपत्र तथा आवश्यक सेयरसम्बन्धी कागजात सहित बैंकको शेयर शाखामा सम्पर्क गर्नुपर्नेछ। आवश्यक कागजात पेश गरेपछि बाँकी लाभांश भुक्तानी गरिने बैंकले जनाएको छ।
सूचनामा साधारण तथा अग्राधिकार सेयरधनी दुवैको भुक्तानी हुन बाँकी लाभांशको विवरण समावेश गरिएको छ।
बैंकले पाँच वर्षभन्दा पुराना लाभांश दाबी गर्न बाँकी रहेका सेयरधनीहरूको नामावली आफ्नो आधिकारिक वेबसाइटमा पनि उपलब्ध गराएको जनाएको छ।
बैंकले सम्बन्धित सबै सेयरधनीलाई आवश्यक प्रमाणसहित समयमै सम्पर्क गरी आफ्नो बाँकी लाभांश प्राप्त गर्न अनुरोध गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।