बिहीबार, चैत्र २१,२०८१ 03:11:37
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 03:11:37
IME remit
Global IME Bank Limited

एभरेष्ट बैंकको ऋणपत्र निष्कासन तथा बिक्री आवेदन खुला

Hyundai Nepal
एभरेष्ट बैंकको ऋणपत्र निष्कासन तथा बिक्री आवेदन खुला
Nabil Bank Limited

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले आजदेखि ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गरेको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता भएको १० वर्षे अवधिको ‘‘७.५० प्रतिशत एभरेष्ट बैंक डिबेञ्चर—२०९१’नामक ऋणपत्र निष्कासन गरेको हो ।  

कुल निष्कासनमध्ये ४० प्रतिशत अर्थात १ अर्ब २० करोडबराबरको १२ लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत १ अर्ब ८० करोड बराबरको १८ लाख युनिट व्यक्तिगत तबरबाट बिक्री गरिने बैंकले जनाएको छ । सार्वजनिक निष्कासनमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्टाइएको छ ।  

Shivam Cement
Bizshala
CG Motors

१० वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ७।५ प्रतिशत दरले ब्याज भुक्तानी अर्धवार्षिक रुपले ६र६ महिनाको अवधिमा हुनेछ ।  ।  

यो ऋणपत्रमा सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ। यो ऋणपत्रको निष्कासन बन्द छिटोमा फागुन २१ गते र ढिलोमा चैत ३ गते बैंकिङ समयपछि हुनेछ।

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा १२ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।  

बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । बैंकले ऋणपत्र निष्कासनका लागि गत माघ १५ गते नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट स्वीकृती पाएको थियो । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.