बिहीबार, चैत्र २१,२०८१ 03:28:24
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 03:28:24
IME remit
Global IME Bank Limited

ब्याज आम्दानी बढ्दा र इम्पेयरमेन्ट चार्ज घट्दा एभरेष्ट बैंकको नाफा २१.११% ले बढ्यो

Hyundai Nepal
ब्याज  आम्दानी बढ्दा र इम्पेयरमेन्ट चार्ज घट्दा एभरेष्ट बैंकको नाफा २१.११% ले बढ्यो
Nabil Bank Limited

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडको खुद ब्याज आम्दानी बढ्दा र इ्रम्पेयरमेन्ट चार्ज घट्दा नाफामा सुधार आएको छ । बैंकले आज सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक प्रतिवेदन अनुसार बैंकले २ अर्ब ७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा २१.११ प्रतिशतले बढी हो ।  

बैंकको खुद ब्याज आम्दानी पनि ३ अर्ब ६२ करोड रुपैयाँबाट बढेर ४ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । बैंकले आर्जन गरेको यो रकम १९.११ प्रतिशतले बढी हो । बैंकको इम्पेयरमेन्ट चार्ज ४३ करोड २३ लाख रुपैयाँबाट घटेर ३४ करोड ९५ लाख रुपैयाँमा सीमित बनेको छ ।  

Shivam Cement
Bizshala
CG Motors

बैंकको कुल सञ्चालन आम्दानी ४ अर्ब ९४ करोड रुपैयाँ र सञ्चालन आम्दानी ३ अर्ब १० करोड रुपैयाँ रहेको छ । बैंकको चुक्तापूँजी १२ अर्ब ९४ करोड रुपैयाँबराबर रहेको छ । सेयर प्रिमियम शीर्षकमा २३ करोड ८४ लाख रुपैयाँ छुट्टाएको बैंकले रिटेन्ड अर्निङको रुपमा २ अर्ब ७१ करोड र रिजर्भमा १३ अर्ब ३२ करोड रुपैयाँ सञ्चित गरेको छ ।  

दोस्रो त्रैमाससम्म बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ७१ करोड रुपैयाँ र वार्षिक वितरणयोग्य प्रतिसेयर आम्दानी ३०.५८ रुपैयाँ रहेको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी(ईपीएस)३२.०६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २२५.७९ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ५८१ रुपैयाँ, तरलता अनुपात २९.२६ प्रतिशत र मूल्य आम्दानी अनुपात १८.१२ गुणा कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.