मंगलवार, कार्तिक ३,२०८३ 03:40:30
  • मंगलवार, कार्तिक ३,२०८३ 03:40:30
Global IME Bank Limited

एभरेष्ट बैंकको कारोबार अब एनसीएचएलको ईएफटी कार्ड स्वीच मार्फत शुरु

Bizshala
एभरेष्ट बैंकको कारोबार अब एनसीएचएलको ईएफटी कार्ड स्वीच मार्फत शुरु
New Office

काठमाण्डौ । एभरेष्ट बैंकले आफ्नो सम्पूर्ण कार्ड पोर्टफोलियो सफलतापूर्वक स्थानान्तरण (माइग्रेशन) गरी नेपाल क्लियरिङ्ग हाउसद्वारा सञ्चालित ईएफटी कार्ड स्विच मार्फत कार्डको कारोबारहरु शुरु गरेको छ । यस महत्वपूर्ण उपलब्धीसँंगै, अब भिसा कार्डको सम्पूर्ण इस्यूइङ्ग, अक्वायरिङ्ग तथा कारोबारहरुको प्रोसेसिङ्ग तथा राउटिङ्ग एनसीएचएलको ईएफटी कार्ड स्वीच मार्फत हुनेछ ।

साथै, बैंकले अब नेपालपे कार्ड पनि इस्यू तथा अक्वायर गर्नेछ जसले गर्दा बैंकको नेशनल कार्ड स्कीममा सहभागीता सबल हुनुका साथै देशव्यापी रुपमा एटीएम, पीओएस र मर्चेन्टका डिजिटल च्यानलहरुमा नेशनल कार्ड स्कीमको स्वीकार्यता बढाउन सहयोग पुगेको छ । नेपालपे कार्ड र अन्तर्राष्ट्रिय डिस्कोभर कार्डबीच सहकार्य भएको हुँदा बैंकको कार्डको डोमेस्टिक तथा अन्र्तराष्ट्रिय  स्वीकार्यताको क्षमता पनि थप विस्तार भएको छ  ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

बैंकको लागि पुरानो कार्ड स्वीचबाट एनसीएचएलको ईएफटी स्वीचमा सफलतापूर्वक स्थानान्तरण गर्नु एक महत्वपूर्ण रणनीतिक  कदम हो  । यसले बैंकलाई  कार्ड सम्बन्धी कार्यहरु सञ्चालन गर्न सहज बनाउनुका साथै  सञ्चालनगत स्थायित्व कायम गर्ने, कुशलता वृद्धि गर्ने, सुरक्षा सुढृढ बनाउने तथा लागत अप्टिमाइजेशन गर्ने लगायतका सुविधाहरु प्रदान गर्नेछ ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

हाल एनसीएचएलले ईएफटी कार्ड स्विच तथा सेवाहरू सञ्चालन गर्दै आएको छ । हालसम्म ११ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू आवद्ध भएको ईएफटी कार्ड स्विचले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्ड स्कीमका कार्ड सम्बन्धी कारोबारहरु प्रोसेसिङ्ग गर्दछ । गत आर्थिक वर्षमा एनसीएचएलको ईएफटी स्वीचमार्फत रु ४.२८ खर्बभन्दा बढिको कारोबारहरु प्रोसेस भएको थियो ।

एभरेष्ट बैंकले आफ्ना १३२ शाखाहरु, ३२ राजस्व संकलन काउन्टर, ४ विस्तारित काउन्टर तथा १६७ एटिएम टर्मिनल मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । 

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.