मंगलवार, मंसिर ९,२०८२ 12:33:41
IME remit
  • मंगलवार, मंसिर ९,२०८२ 12:33:41
IME remit
Global IME Bank Limited

एभरेष्ट बैंकद्वारा फिदिम र फुङ्लिङ्गमा शाखा विस्तार

Hyundai Nepal
एभरेष्ट बैंकद्वारा फिदिम र फुङ्लिङ्गमा शाखा विस्तार
Shivam Cement

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले फिदिम, पाँचथरमा १३०औँ र फुङ्लिङ्ग, ताप्लेजुङमा १३१ औँ शाखाको औपचारिक उद्धघाटन गरेको छ ।  

बैंकले कोशी प्रदेशको पूर्वी पहाडी जिल्लामा रहेका ग्राहकहरूलाई अत्याधुनिक दिगो, दरिलो र विश्वासिलो बैंकिङ सेवा र सुविधाहरू उपलब्ध गराउने उद्देश्यका साथ फागुन ८ गतेका दिन फिदिम नगरपालिका वडा नं १ पाँचथरमा १३० औँ र फागुन ९ गतेका दिनफुङ्लिङ्गनगरपालिका वडा नं ४ ताप्लेजुङमा १३१औँ शाखाको औपचारिक उद्धघाटन गरेको हो । फिदिम र फुङ्लिङ्गमा शाखा सञ्चालनमा आएसँगै बैंकले पाँचथर र ताप्लेजुङ जिल्लाका नागरिकलाई सरल, सहज र प्रविधिमैत्री सेवादिने प्रतिबद्धता जनाएको छ । एभरेष्ट बैंकका शाखाहरुको उद्घघाटनसँगै उक्त स्थानका स्थानीय उपभोक्ताले राष्ट्रिय स्थरको अत्याधुनिक बैंकिङ सेवाहरू प्राप्त गर्ने भएका छन् ।

CG Motors
New Office
Garima Development Bank

फिदिमर फुङ्लिङ्ग शाखाको उद्धघाटन समारोहमा बैंकका तर्फबाट सञ्चालक किरण कुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्मा र कोशी प्रदेशका प्रमुख सुधीर गौतमका साथै फिदिम शाखामा फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले र फुङ्लिङ्ग शाखामा फुङ्लिङ्ग नगरपालिकाका प्रमुख अमिर मादेन लगायत नेपाल सरकार तथा स्थानीय संघसंस्थाका प्रतिनिधिहरू, बैंकका कर्मचारीहरु लगायत स्थानीयबासीको उत्साहजनक उपस्थितीका बीच औपचारिक कार्यक्रम सम्पन्न भएको छ ।

Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited

फिदिम र फुङ्लिङ्गमा आफ्नो १३० औँ र १३१ औँ शाखा सञ्चालन गरेसँगै अब यस क्षेत्रको आर्थिक गतिविधिमा थप योगदान पुग्न गई समग्र आर्थिक विकासमा थप टेवा पुग्ने विश्वास बैंकले लिएको छ । 

साथै, आगामी दिनमा बैंक पुग्न नसकेको तथा वित्तिय पहुँचबाट बाहिर रहेका अन्य स्थनमा समेत शाखा विस्तार गर्दै जाने योजना रहेको बैंकले जनाएको छ ।

पंजाब नेशनल बैंक भारतसँग संयुक्त साझेदारमा स्थापित रहेको यस बैंकमा हालसम्म करिब १४ लाखभन्दा बढी ग्राहक संख्या रहेको र देशैभरीे १३१ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६७ एटीएम  छन् ।

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.