सोमबार, असार २,२०८२ 06:55:18
  • सोमबार, असार २,२०८२ 06:55:18
Global IME Bank Limited

भदौ महिनाका लागि पनि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर, कुन बैंकको कति ?

Hyundai Nepal
भदौ महिनाका लागि पनि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर, कुन बैंकको कति ?
Nabil Bank Limited

काठमाण्डौ । भदौ महिनाका लागि अधिकांश वाणिज्य बैंकहरुले ब्याजदरमा कटौति गरेका छन् । देशका २० वटा वाणिज्य बैंकहरुले भदौ १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन्।  

जसअनुसार बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपमा औसत ब्याजदर ६.४९ प्रतिशत कायम भएको छ । साउन महिनामा वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपमा औसत ब्याजदर ६.७२ प्रतिशत थियो । यसरी साउन महिनाका लागि बैंकहरुको मुद्दती निक्षेप औसत ब्याजदर ०.२३ प्रतिशतविन्दुले घटेको छ ।  

यस्तै संस्थागत मुद्दति निक्षेपतर्फ पनि बैंकहरुको औषत ब्याजदर ५.२४ प्रतिशत कायम भएको छ । जुन गत महिनाको तुलनामा ०.२४ प्रतिशतविन्दुले कम हो । साउन महिनामा संस्थागततर्फ बैकहरुको औसत ब्याजदर ५.४८ प्रतिशत थियो ।  

भदौ महिनाका लागि १३ वटा बैंकले ब्याजदर घटाए छन् । यस्तै ४ वटा बैंकहरुले भने ब्याजदर स्थिर राखेका छन् ।  

भदौ महिनाका लागि कुन बैंकको ब्याजदर कति ?

एनआईशी एशिया बैंक  

एनआईसी एशिया बैंकले साउन महिनाका लागि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ७.४१ प्रतिशत र संस्थागततर्फ अधिकतम ६.४१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । साउन महिनाका लागि बैंकले व्यक्तिगत निक्षेपतर्फ अधिकतम ७.५३ प्रतिशत र संस्थागततर्फ अधिकतम ६.५३ प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नेपाल बैंक लिमिटेड

बैंकले भदौ महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ५.२५ प्रतिशत र संस्थागततर्फ अधिकतम ४ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । साउन महिनाका लागि भने बैंकको व्यक्तिगततर्फ अधिकतम ६.२५ र संस्थागतर्फको अधिकतम ४.२५ प्रतिशत ब्याजदर कायम थियो ।  

स्ट्याण्डर्ड चाटर्ड बैंक

स्ट्याण्डर्ड चाटर्ड बैंकले व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर स्थिर राखेको छ भने संस्थागतको घटाएको छ । बैंकले भदौ महिनाका व्यक्तिगततर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ४.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बैंकले साउन महिनाका लागि  व्यक्तिगततर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ४.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।  

प्रभु बैंक  

प्रभु बैंकले भने व्यक्तिगत र संस्थागततर्फको ब्याजदर घटाएको छ ।  बैंकले भदौ महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ६.१ प्रतिशत र संस्थागततर्फ ५.१प्रतिशत ब्याजदर निर्धारण गरेको छ । साउन महिनाका लागि भने बैंकले व्यक्तिगततर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।  

एभरेष्ट बैंक  

बैंकले भदौ महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगततर्फ ६.१ र संस्थागततर्फ अधिकतम ५.१ प्रतिशत ब्याजदर तोकेको छ । साउन महिनाका लागि भने बैंकले व्यक्तिगततर्फ ६.३ र संस्थागततर्फ ५.३ प्रतिशत अधिकतम ब्याजदर तोकेको थियो ।

एनएमबी बैंक  

बैंकले पनि साउन महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले भदौ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.४१ प्रतिशत र संस्थागततर्फ ६.४१ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । साउन महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.५३ प्रतिशत र संस्थागततर्फ ६.५३ प्रतिशत ब्याजदरको व्यवस्था गरेको थियो ।  

हिमालयन बैंक  

हिमालयन बैंकले पनि साउन महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । साउन महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.५०० प्रतिशत र संस्थागततर्फ ६.५०० प्रतिशत ब्याजदर दिएको थियो ।  

सिटिजन्स इन्टरनेशनल बैंक

सिटिजन्स इन्टरनेशनल बैंकले साउन महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.५ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर तोकेको छ । साउन महिनामा बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.७५ प्रतिशत र संस्थागततर्फ ५.५० प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।  

राष्ट्रिय वाणिज्य बैंक  

राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगतको ब्याजदर घटाएको छ भने संस्थागततर्फ स्थिर राखेको छ । बैंकले भदौ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.०७ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर तोकेको छ । साउन महिनाका लागि बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२९ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर तोकेको थियो ।  

सानिमा बैंक  

सानिमा बैंकले भदौ महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२ प्रतिशत र संस्थागततर्फ ४.९ प्रतिशत ब्याजदर कायम गरेको छ । जुन साउन महिना क्रमशः ६.४० र ५.१० प्रतिशत कायम रहेको थियो ।  

प्राइम कमर्सियल बैंक  

प्राइम कमर्सियल बैंकले भदौ महिनाका लागि व्यक्तिगतको बढाएको छ भने संस्थागतको ब्याजदर घटाएको गरेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.७५ प्रतिशत र संस्थागततर्फ ४.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बैंकले साउन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.५० प्रतिशत र संस्थागततर्फ ५.५० प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।  

नेपाल एसबीआई बैंक  

नेपाल एसबीआई बैंकले भदौ महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२५ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ  । साउनमा भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.३० प्रतिशत र संस्थागततर्फ ५.३० प्रतिशत ब्याज दिएको थियो ।  

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक  

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भदौ महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.५ प्रतिशत र संस्थागततर्फ ५.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।  बैंकले साउनका लागि भने व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर दिएको थियो ।  

लक्ष्मी सनराइज बैंक  

लक्ष्मी सनराइज बैंकले भदौ महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले भदौ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.५० प्रतिशत र संस्थागततर्फ ५.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।  

ग्लोबल आइएमई बैंक  

बैंकले भदौ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२५ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर कायम गरेको छ । साउन महिनाका लागि बैंकले व्यक्तिगततर्फ अधिकतम ६.२५ र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर नै दिएको थियो ।  

सिद्धार्थ बैंक  

सिद्धार्थ बैंकले साउन महिनाका लागि व्यक्तिगतर्फको ब्याजदर घटाएको छ भने संस्थागतको स्थिर राखेको छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.५ प्रतिशत र संस्थागततर्फ ५.५ प्रतिशत ब्याजदर कायम गरेको छ । साउन महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.७५ प्रतिशत र संस्थागततर्फ ५.५ प्रतिशत ब्याजदर कायम थियो ।  

नबिल बैंक  

भदौ महिनाका लागि नबिल बैंकले पनि ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर कायम गरेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.