सोमबार, असार २,२०८२ 07:00:35
  • सोमबार, असार २,२०८२ 07:00:35
Global IME Bank Limited

बैंकहरुको ब्याजदरमा सामान्य गिरावट, कुन बैंकको कति ?

Hyundai Nepal
बैंकहरुको ब्याजदरमा सामान्य गिरावट, कुन बैंकको कति ?
Nabil Bank Limited

काठमाण्डौ । वाणिज्य बैंकहरुले ब्याजदरमा सामान्य कटौति गरेका छन् । देशका १९ वटा वाणिज्य बैंकहरुले जेठ १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। जसअनुसार बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपमा औसत ब्याजदर ७.०६ प्रतिशत कायम भएको छ ।  

वैशाख महिनामा वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपमा औसत ब्याजदर ७.१४ प्रतिशत थियो । यसरी जेठ महिनाका लागि बैंकहरुको मुद्दती निक्षेप औसत ब्याजदर ०.०७ प्रतिशतविन्दुले घटेको छ ।  

यस्तै संस्थागत मुद्दति निक्षेपतर्फ पनि बैंकहरुको औषत ब्याजदर ५.८९ प्रतिशत कायम भएको छ । जुन गत महिनाको तुलनामा ०.०७ प्रतिशतविन्दुले कम हो । वैशाख महिनामा संस्थागततर्फ बैकहरुको औसत ब्याजदर ५.९६ प्रतिशत थियो ।  

जेठ महिनाका लागि २ वटा बैंकले मात्रै ब्याजदर बढाएका छन् भने ८ वटाले घटाएका छन् । यस्तै ९ वटा बैंकहरुले भने ब्याजदर स्थिर राखेका छन् ।  

जेठ महिनाका लागि कुन बैंकको ब्याजदर कति ?

एनआईशी एशिया बैंक  

एनआईसी एशिया बैंकले जेठ महिनाका लागि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर बढाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ७.८ प्रतिशत र संस्थागततर्फ अधिकतम ६.८ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । वेशाख महिनाका लागि बैंकले व्यक्तिगत निक्षेपतर्फ अधिकतम ७.७५ प्रतिशत र संस्थागततर्फ अधिकतम ६.७प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।  

नेपाल बैंक लिमिटेड

बैंकले जेठ महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ६.७५ प्रतिशत र संस्थागततर्फ अधिकतम ४.७५ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । वैशाख महिनाका लागि पनि बैंकको व्यक्तिगत र संस्थागतर्फको अधिकतम ब्याजदर यहि कायम थियो ।  

कुमारी बैंक  

कुमारी बैंकले पनि जेठ महिनाका लागि ब्याजदरमा कुनै परिवर्तन गरेको छैन । बैंकले जेठ महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ७.२६ प्रतिशत र संस्थागतर्फ ६.२६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।  

स्ट्याण्डर्ड चाटर्ड बैंक

स्ट्याण्डर्ड चाटर्ड बैंकले पनि ब्याजदरमा कुनै परिवर्तन गरेको छैन । बैंकले जेठ महिनाका व्यक्तिगततर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ५.२५ तिशत ब्याजदर निर्धारण गरेको छ ।  

प्रभु बैंक  

प्रभु बैंकले भने व्यक्तिगततर्फ अधिकतम ब्याजदर बढाएको छ भने संस्थागततर्फको स्थिर राखेको छ ।  बैंकले जेठ महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ७.५ प्रतिशत र संस्थागततर्फ ६.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।  

एभरेष्ट बैंक  

बैंकले जेठ महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगततर्फ ६.५ र संस्थागततर्फ अधिकतम ५.५ प्रतिशत ब्याजदर तोकेको छ । वैशाख महिनाका लागि भने बैंकले व्यक्तिगततर्फ ७ र संस्थागततर्फ ६ प्रतिशत अधिकतम ब्याजदर तोकेको थियो ।  

एनएमबी बैंक  

बैंकले पनि जेठ महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले जेठ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.८ प्रतिशत र संस्थागततर्फ ६.८ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । वैशाख महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.९७ प्रतिशत र संस्थागततर्फ ६.९७ प्रतिशत ब्याजदरको व्यवस्था गरेको थियो ।  

हिमालयन बैंक  

हिमालयन बैंकले ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.५ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।  

सिटिजन्स इन्टरनेशनल बैंक

सिटिजन्स इन्टरनेशनल बैंकले जेठ महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर तोकेको छ । वैशाख महिनामा बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.५ प्रतिशत र संस्थागततर्फ ६.१५ प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।  

राष्ट्रिय वाणिज्य बैंक  

राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएको भने संस्थागततर्फको स्थिर राखेको छ । बैंकले जेठ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.४ प्रतिशत र संस्थागततर्फ ५.३५ प्रतिशत ब्याजदर तोकेको छ । वैशाख महिनाका लागि बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.५५ प्रतिशत र संस्थागततर्फ ५.३५ प्रतिशत ब्याजदर तोकेको थियो ।  

सानिमा बैंक  

सानिमा बैंकले जेठ महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.९ प्रतिशत र संस्थागततर्फ ५.९ प्रतिशत ब्याजदर कायम गरेको छ । जुन वैशाख महिना ७.१ र ६.१ प्रतिशत कायम रहेको थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

प्राइम कमर्सियल बैंक  

बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बैंकले वैशाख महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.१ प्रतिशत र संस्थागततर्फ ६.१ प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।  

माछापुच्छ्रे बैंक  

जेठ महिनाका लागि बैंकको व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.२५ प्रतिशत र संस्थागततर्फ ५.५ प्रतिशत ब्याजदर रहेको छ । वैशाख महिनाका लागि पनि बैंकले यहि ब्याजदर प्रदान गरेको थियो ।  

नेपाल एसबीआई बैंक  

नेपाल एसबीआई बैंकले पनि जेठ महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.३९ प्रतिशत र संस्थागततर्फ ५.३९ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ  । वैशाख महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.५३ प्रतिशत र संस्थागततर्फ ५.५३ प्रतिशत ब्याजदर कायम गरेको थियो ।  

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक  

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले जेठ महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।  

लक्ष्मी सनराइज बैंक  

लक्ष्मी सनराइज बैंकले पनि जेठ महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले चैत महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।  

सिद्धार्थ बैंक  

सिद्धार्थ बैंकले जेठ महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ५.७५ प्रतिशत ब्याजदर कायम गरेको छ । वैशाख महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.२५ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर कायम थियो ।  

नबिल बैंक  

जेठ महिनाका लागि नबिल बैंकले पनि ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.७५ प्रतिशत र संस्थागततर्फ ५.७५ प्रतिशत ब्याजदर कायम भएको छ । वैशाख महिनाका लागि बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.२५ प्रतिशत र संस्थागततर्फ ६.२५ प्रतिशत ब्याजदर कायम गरेको थियो ।  

ग्लोबल आइएमई बैंक  

बैंकले जेठ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.५ प्रतिशत र संस्थागततर्फ ६.५ प्रतिशत ब्याजदर कायम गरेको छ । वैशाख महिनाका लागि बैंकले व्यक्तिगततर्फ अधिकतम ७ र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर दिएको थियो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.