काठमाण्डौ । स्ट्याण्डर्ड चाटर्ड बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले मंसिर १ गतेदेखि लागू हुनेगरी व्यक्तिगत निक्षेप र संस्थागततर्फको ब्याजदर घटाएको हो ।
बैंकले मंसिर महिनाका व्यक्तिगततर्फ अधिकतम ६.२५ प्रतिशत र संस्थागततर्फ ३.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बैंकले कात्तिक महिनाका लागि भने व्यक्तिगततर्फ अधिकतम ६.५० प्रतिशत र संस्थागततर्फ ३.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।
मंसिर महिनाका लागि बैंकले व्यक्तिगततर्फ ३ महिनादेखि १ वर्ष मुनिका लागि ४ प्रतिशत,१ वर्षदेखि ५ वर्ष मुनिका लागि ४.२५ प्रतिशत र ५ वर्षका लागि ६.२५ प्रतिशत ब्याज दिने जनाएको छ ।
यस्तै संस्थागततर्फ मुद्दती निक्षेपतर्फ १८० देखि ३६४ दिनका लागि ३.२५ प्रतिशत र १ वर्ष र सो भन्दा माथिका लागि ३.५० प्रतिशत ब्याजदर तोकिएको छ ।