काठमाण्डौ । नेपाल बैंक लिमिटेडले पनि वैशाख महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले वैशाख महिनाका लागि सार्वजनिक गरेको ब्याजदरमा यस्तो देखिएको हो ।
चैत महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ७ प्रतिशत रहेको ब्याजदर वैशाख महिनाका लागि भने ६.७५ प्रतिशतमा झारिएको छ । बैंकले वैशाख महिनाका लागि व्यक्तिगततर्फ २ वर्षसम्मका लागि मुद्दती निक्षेपमा ५.७५ प्रतिशत र २ वर्षभन्दा माथिका लागि ६.७५ प्रतिशत ब्याजदर तोकेको छ ।
त्यस्तै संस्थागतर्फ पनि बैंकले ब्याजदर घटाएको छ । बैंकले वैशाख महिनाका लागि संस्थागततर्फको मुद्दतीको ब्याजदर ४.७५ प्रतिशत कायम गरेको छ । चैत महिनामा बैंकले संस्थागततर्फको मुद्दतीको ब्याजदर ५ प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।