नेपाल बैंकको खुद नाफा २१.८७% ले घट्यो,वितरणयोग्य प्रतिसेयर आम्दानी ८.२६ रुपैयाँ
काठमाण्डौ । नेपाल बैंक लिमिटेडको नाफामा २१.८७ प्रतिशतको गिरावट आएको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ४६ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने बैंकले ५९ करोड खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी भने ०.१६ प्रतिशतले घटेको छ । बैंकले दोस्रो त्रैमाससम्म ४ अर्ब ६२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकको खुद...