सोमबार, असार २,२०८२ 10:44:36
  • सोमबार, असार २,२०८२ 10:44:36
Global IME Bank Limited

आज नेपाल बैंकको देशभरका यी शाखाहरु खुला रहने

Hyundai Nepal
आज नेपाल बैंकको देशभरका यी शाखाहरु खुला रहने
Nabil Bank Limited

काठमाण्डौ । आज जनैपुर्णिमा तथा रक्षाबन्धन पर्वको अवसरमा सार्वजनिक बिदा परेको छ । आज बिदाको दिन नेपाल बैंकका केही शाखा कार्यालयहरु भने खुला रहने भएका छन् । 

बैंकले सूचना जारी गर्दै आज राजस्व संकलन, नगद कारोवार, चेक क्लियरिङ एवं विद्युतीय रकम ट्रान्सफरको फण्ड सेटलमेन्ट एवं कर्जा असुली कार्य प्रयोजनार्थ यस बैंक केही शाखा खुला रहने जनाएको छ । बैंकका शाखा र एक्सटेन्सन काउन्टरहरू बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म खुला रहने बैंकले उल्लेख गरेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बैंकको कोशी प्रदेशको इटहरी,बजार अड्डा खुल्ने शाखा, मधेश प्रदेशका माईस्थान, रामजानकी, हरिवन र राजविराज शाखा, बागमती प्रदेशका काठमाण्डौ बैंकिङ अफिस, सिटी अफिस हेटौंडा, ललितपुर, भक्तपुर, चावहिल, त्रिशुली, चरिकोट, धुञ्चे र हाकिमचोक गण्डकी प्रदेशका चामेमनाङ, जोमसोम, बाग्लुङ, पृथ्वीचोक, दमौली, स्याङ्जा शाखा, लुम्बिनी प्रदेशका प्युठान, रोल्पा, रुकुमकोट र कर्णाली प्रदेशका सल्यान र रूकुम शाखा कार्यालयहरु खुला रहने छन् ।  

यस्तै कृष्णनगर तथा काँकडभिट्टा शाखा मातहत भन्सार कार्यालय परिसरमा रहेका एक्सटेन्सन काउन्टरहरू साविककै समयसम्म खुल्ने बैंकले जनाएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.