शनिबार, बैशाख ५,२०८३ 01:24:43
Bizshala
  • शनिबार, बैशाख ५,२०८३ 01:24:43
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ग्राहक अभावको सामना गर्दै अष्ट्रेलियाको बेन्डिगो बैंक, गर्यो २८ वटा शाखा बन्द गर्ने निर्णय

Bizshala
ग्राहक अभावको सामना गर्दै अष्ट्रेलियाको बेन्डिगो बैंक, गर्यो २८ वटा शाखा बन्द गर्ने निर्णय
Shivam Cement

काठमाण्डौ । १६७ वर्ष लामो बैंकिङ इतिहास बोकेको अष्ट्रेलियाको बेन्डिगो बैंकले आफ्ना २८ वटा शाखा बन्द गर्ने घोषणा गरेको छ । बैंकले साउथ वेल्स, भिक्टोरिया, क्वीइन्सल्यणड, दक्षिण अष्ट्रेलिया र पश्चिम अष्ट्रेलियाका कुल २८ वटा शाखा कार्यालयहरु बन्द गर्ने योजना बनाएको जनाएको हो ।  

३० वर्षअघि बनाइएको एजेन्सी मोडल ग्राहकहरुको संख्या घटिरहेको वर्तमान अवस्थामा अर्थहिन भएकाले शाखा कार्यालयहरु बन्द गर्ने योजना बनाउनु परेको बैंकले जनाएको छ । बैंकले आगामी अक्टोबरदेखि शाखा कार्यालयहरु बन्द गर्ने जनाएको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

बैंकले जारी गरेको विज्ञप्तीमा ग्राहकको अभावका कारण शाखा कार्यालय चलाउनै गाह्रो भएकाले यस्तो निर्णय गुर्न परेको उल्लेख छ । बैंकका चिफ कस्टमर अफिसर टासो कोरोलिसले ग्राहकहरुको बदलिदो रुचीले व्यवसायिक क्रियाकलाप घट्नुका साथै सेवाहरुको सीमित प्रयोग र खर्च तथा दायित्व बढाएको बताए । उनले बैंकको परिवनर्तशिल आवश्यकता र २७ लाख ग्राहकको अपेक्षा पुरा गर्न भौतिक र डिजिटल च्यानलमा लगानी बढाउन प्राथमिकता दिने समेत बताए ।  

उनी भन्छन्, ‘ग्राहकहरुलाई यी परिवर्तहरुलाई आत्मसात गर्न समय लाग्न सक्छ र यस प्रक्रियामा हामी उनीहरुलाई सहयोग गर्नेछौं । शाखा कार्यालय बन्द गर्ने निर्णयबाट प्रभावित हुने ग्राहकहरुलाई बैंकले सहयोग गरिरहेको छ ।’

बैंकको यो निर्णयले बैंकबाट सेवा लिईरहेका अष्ट्रेलियाका कम बसोवास गर्ने क्षेत्रका मानिसहरु बढी प्रभावित हुने र उनीहरुले बैंकिङ सेवा लिन लामो यात्रा गर्नु पर्ने हुनसक्ने जनाइएको छ ।  

बेन्डिगो बैंक अष्ट्रेलियाको दोस्रो ठूलो रिजिनल ब्रान्च नेटवर्क भएको र प्रति ग्राहकका हिसाबले सबैभन्दा धेरै शाखा भएको बैंक हो ।  

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.