काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलर र कुवेती दिनारको विनिमयदर स्थिर रहँदा अस्ट्रेलियन डलरको भाउ बढेको छ। तर युरो, पाउन्ड, बहराइन दिनारसहितका मुद्राको विनिमयदर भने घटेको राष्ट्र बैंकले जनाएको छ।
आज अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ०८ पैसा निर्धारण भएको छ। हिजो र अस्ती पनि अमेरिकी डलरको विनिमयदर यही थियो।
त्यसैगरी आज युरो १ को खरिददर १७३ रुपैयाँ ०५ पैसा र बिक्रीदर १७३ रुपैयाँ ७२ पैसा छ। हिजो युरो १ को खरिददर १७३ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७३ रुपैयाँ ९९ पैसा थियो।
आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०४ रुपैयाँ ४२ पैसा र बिक्रीदर २०५ रुपैयाँ २१ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०४ रुपैयाँ ५५ पैसा र बिक्रीदर २०५ रुपैयाँ ३५ पैसा थियो।
आज अस्ट्रेलियन डलर १ को खरिददर १०७ रुपैयाँ ९० पैसा र बिक्रीदर १०८ रुपैयाँ ३२ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०७ रुपैयाँ ८३ पैसा र बिक्रीदर १०८ रुपैयाँ २५ पैसा थियो।
त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ५०१ रुपैयाँ ३१ पैसा र बिक्रीदर ५०३ रुपैयाँ २६ पैसा छ। हिजो पनि कुवेती दिनारको विनिमयदर यही थियो।
आज बहराइन दिनार १ को खरिददर ४०९ रुपैयाँ ०६ पैसा र बिक्रीदर ४१० रुपैयाँ ६४ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनार १ को खरिददर ४०९ रुपैयाँ ११ पैसा र बिक्रीदर ४१० रुपैयाँ ७० पैसा थियो।
त्यसैगरी भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।