काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ। अन्तिम परिणामअनुसार उपसभापति खुलातर्फ डा. चन्द्रकान्त भण्डारी र इन्जिनियर मधु आचार्य तथा समावेशीतर्फ विनोदकुमार चौधरी निर्वाचित भएका छन्।
खुलातर्फ भण्डारीले ३ हजार ७३५ र आचार्यले २ हजार ३४२ मत प्राप्त गरे। समावेशीतर्फ चौधरीले १ हजार ७४५ मत ल्याउँदै जीवन परियारलाई पराजित गरे। परियारले १ हजार ६५८ मत प्राप्त गरे।
महामन्त्री खुलातर्फ प्रदीप पौडेल ४ हजार १९४ मतसहित पहिलो हुँदै विजयी भए भने उदयशमशेर राणाले २ हजार ३३० मत प्राप्त गरे। महिला महामन्त्रीमा डा. डिला संग्रौला (पन्त) ३ हजार ११८ मतसहित निर्वाचित भइन्। उनकी प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय (डिना)ले २ हजार ८६४ मत प्राप्त गरिन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।