देउवासहित पुराना नेता महाधिवेशनको मञ्चमा नहुँदा खल्लो लागेको छ : गगन थापा
काठमाण्डौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवासहित लामो समय योगदान गरेका नेताहरू १५औं महाधिवेशनको मञ्चमा उपस्थित नहुँदा आफूलाई खल्लो लागेको बताएका छन्।पार्टीको १५औं महाधिवेशनअन्तर्गत बन्दसत्रलाई सम्बोधन गर्दै थापाले कांग्रेस निर्माणमा देउवाले पुर्याएको योगदान र संघर्षलाई स्मरण गरे।उनले पार्टीको नेतृत्वमा...

