सोमबार, आश्विन १२,२०८३ 02:12:50
Bizshala
  • सोमबार, आश्विन १२,२०८३ 02:12:50
Bizshala
Global IME Bank Limited

कांग्रेस महाधिवेशनमा विदेशी पाहुना बोलाइँदै, भारत–चीनदेखि अमेरिकासम्म निमन्त्रणा

Bizshala
कांग्रेस महाधिवेशनमा विदेशी पाहुना बोलाइँदै, भारत–चीनदेखि अमेरिकासम्म निमन्त्रणा
New Office

 

काठमाण्डौ । नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन भारत, चीन, अमेरिका, बेलायत, जर्मनी र बंगलादेशलगायत विभिन्न मुलुकका राजनीतिक दल तथा अन्तर्राष्ट्रिय राजनीतिक संस्थालाई निमन्त्रणा पठाएको छ ।

कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाण्डौमा आयोजना हुँदैछ ।

पार्टीका अनुसार भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) र प्रमुख प्रतिपक्षी कांग्रेस आईलाई उद्घाटन समारोहमा सहभागी हुन निमन्त्रणा गरिएको छ ।

यस्तै, चीनको चिनियाँ कम्युनिस्ट पार्टीलाई पनि निमन्त्रणा पठाइएको छ भने अमेरिकाका रिपब्लिकन र डेमोक्रेटिक पार्टीलाई समेत महाधिवेशनमा सहभागी हुन आग्रह गरिएको छ ।

कांग्रेसले बेलायतको लेबर पार्टी र कन्जरभेटिभ पार्टी तथा जर्मनीको सोसल डेमोक्रेटिक पार्टीलगायतलाई पनि निमन्त्रणा गरेको जनाएको छ ।

बंगलादेशको बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)लाई समेत निमन्त्रणा पठाइएको छ ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

त्यसैगरी, युरोपका लोकतान्त्रिक समाजवादी पार्टीहरू, सोसलिस्ट इन्टरनेसनल तथा इन्टरनेसनल कन्फ्रेन्स अफ एसियन पोलिटिकल पार्टीज (आईसीएपीपी)लाई पनि आमन्त्रण गरिएको कांग्रेसका नेताहरूले बताएका छन् ।

कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्ण दुलालका अनुसार पार्टीले विगतका महाधिवेशनमा आमन्त्रण गर्दै आएका विदेशी पाहुनालाई यसपटक पनि निमन्त्रणा पठाएको छ ।

तर, हालसम्म विदेशी पाहुनाको सहभागिताबारे अन्तिम पुष्टि आइसकेको छैन । छोटो समय र प्रतिकूल मौसमका कारण केही विदेशी प्रतिनिधिको उपस्थिति प्रभावित हुन सक्ने कांग्रेसका नेताहरूको भनाइ छ ।

कांग्रेसले महाधिवेशनको उद्घाटन समारोहमा नेपालका विभिन्न सत्तापक्ष तथा प्रतिपक्षी दलका नेताहरूलाई पनि आमन्त्रण गरिसकेको छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.