काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा २५ समूह बनाएर विभिन्न पदको मतगणना एकैसाथ भइरहेको छ।
केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार दुई क्लस्टरको मतगणना सकिएको छ भने चार क्लस्टरको गणना जारी छ। अन्य छ क्लस्टरको गणनाको तयारी भइरहेको छ। जनसम्पर्कतर्फ सात जना केन्द्रीय सदस्य तथा पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना सम्पन्न भएको छ।
हाल खुला तथा महिला सहमहामन्त्री, महिला केन्द्रीय सदस्य, आदिवासी जनजातितर्फका पद, सुदूरपश्चिम प्रदेशका खुला, महिला र ३५ वर्षमुनिका केन्द्रीय सदस्य तथा खुला युवा केन्द्रीय सदस्यको मतगणना भइरहेको छ। दलित, मधेसी, खस–आर्य, अल्पसङ्ख्यक, अपाङ्गता भएका व्यक्ति तथा पेसागत समूहका विभिन्न पदको गणना भने हुन बाँकी छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।