आईतवार, आश्विन १८,२०८३ 06:38:35
Bizshala
  • आईतवार, आश्विन १८,२०८३ 06:38:35
Bizshala
Global IME Bank Limited

लोकतन्त्रको रक्षा र देश परिवर्तनका लागि कांग्रेससँग सहकार्य आवश्यक : शंकर पोखरेल

Bizshala
लोकतन्त्रको रक्षा र देश परिवर्तनका लागि कांग्रेससँग सहकार्य आवश्यक : शंकर पोखरेल
New Office

 

काठमाण्डौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्रको रक्षा र देशको परिवर्तनका लागि नेपाली कांग्रेससँग पुनः सहकार्य गर्ने समय आएको बताएका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई आइतबार सम्बोधन गर्दै पोखरेलले कांग्रेस सभापति गगनकुमार थापा गणतन्त्र स्थापनाका लागि भएका आन्दोलनमा आफूहरूसँगै रहेको स्मरण गरे।

त्रिचन्द्र क्याम्पसमा आयोजित कार्यक्रमदेखि नै आफूहरू राजनीतिक रूपमा सँगै उभिएको उल्लेख गर्दै उनले थापा कांग्रेसको नेतृत्वमा आउनु सकारात्मक भएको बताए।

पोखरेलले राणा शासन, पञ्चायत र तत्कालीन राजा ज्ञानेन्द्रको शासनविरुद्ध कांग्रेस र कम्युनिस्ट शक्तिले सहकार्य गरेको स्मरण गर्दै आगामी दिनमा पनि लोकतन्त्रको रक्षाका लागि सहकार्य आवश्यक रहेको धारणा राखे।

‘अब फेरि पनि मिलेर लोकतन्त्रको रक्षा गर्दै देशको मुहार फेर्न लाग्नुपर्ने समय आएको छ,’ उनले भने, ‘राणा, पञ्चायत र ज्ञानेन्द्र शाहको शासनविरुद्ध हामी मिलेर अघि बढेका थियौँ। अब पनि कांग्रेससँग सहकार्य गरेर लोकतन्त्रको रक्षाका लागि अघि बढ्नेछौँ।’

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

उनले वर्तमान सरकार राजनीतिक दलहरूसँग पर्याप्त छलफल र सहकार्य नगरी अघि बढिरहेको आरोपसमेत लगाए। संसद् र जनताका आवाजलाई सरकारले बेवास्ता गरिरहेको भन्दै पोखरेलले वर्तमान अवस्थालाई ‘स्वेच्छाचारी शासन’को संज्ञा दिए।

आगामी दिनमा कांग्रेसले यस विषयमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने विश्वास उनले व्यक्त गरे।

पोखरेलले युवामा निराशा बढ्न नदिन सबै राजनीतिक दल मिलेर उनीहरूका सपना पूरा गर्ने दिशामा काम गर्नुपर्ने बताए।

‘युवाहरूलाई निराश हुन दिनु हुँदैन। युवाका सपना पूरा गर्ने जिम्मेवारीमा हामी सबै मिलेर जानुपर्छ,’ उनले भने।

एमाले महासचिव पोखरेलले कांग्रेसको १५औँ महाधिवेशनले जनताको भावना र सरोकारसँग जोडिएका विषयलाई प्राथमिकतामा राख्दै नयाँ राजनीतिक एजेन्डा अघि बढाउने विश्वास पनि व्यक्त गरे। सूचना प्रविधिको विकासमा कांग्रेस र एमालेले महत्वपूर्ण भूमिका खेलेको उनको दाबी थियो।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.