काठमाण्डौ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिनको बन्दसत्रमा चारवटा महत्वपूर्ण प्रतिवेदन पेश भएका छन्।
बन्दसत्रमा सभापति गगन थापाले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्। यसअघि उनले बन्दसत्रमा प्रतिवेदनका मुख्य विषयवस्तुबारे आफ्नो धारणा राखेका थिए।
त्यस्तै, उपसभापति विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रतिवेदन पेश गरेका छन्। महामन्त्री गुरुराज घिमिरेले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका छन्।
कांग्रेसका प्रवक्ता देवराज चालिसेका अनुसार चारै प्रतिवेदनमाथि बन्दसत्रमा छलफल हुनेछ।
महाधिवेशनको बन्दसत्र तीनवटा हलमा सञ्चालन भइरहेको छ। कांग्रेसले ती हलको नाम हिमाल, पहाड र तराई राखेको छ।
चारवटै प्रतिवेदनमाथि छलफल गरी सोमबार नै पारित गर्ने तयारी कांग्रेसको छ।
प्रतिवेदन पारित भएपछि मंगलबार बिहान १० बजेदेखि महाधिवेशनका विभिन्न पदका लागि उम्मेदवारी दर्ता सुरु गर्ने कार्यतालिका तय गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।