आईतवार, भाद्र २१,२०८३ 02:02:34
Bizshala
  • आईतवार, भाद्र २१,२०८३ 02:02:34
Bizshala
Global IME Bank Limited

कांग्रेस संकटमा गगनको दौडधुप, पूर्णबहादुरपछि शेखरसँग निर्णायक वार्ता

कांग्रेस संकटमा गगनको दौडधुप, पूर्णबहादुरपछि शेखरसँग निर्णायक वार्ता
New Office

काठमाडौं । नेपाली कांग्रेसभित्र १५औँ महाधिवेशनको प्रक्रिया, क्रियाशील सदस्यता र पार्टी संरचनालाई लिएर चर्किएको विवाद समाधानतर्फ जाने संकेत देखिएको छ। विवाद मिलाउन सभापति गगन थापाले शीर्ष नेताहरूसँग छुट्टाछुट्टै संवाद तीव्र बनाएका छन्।

यही क्रममा सभापति थापा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबीच शनिबार साँझ ‘वान टु वान’ भेटवार्ता भएको छ। दुवै पक्षले भेट भएको पुष्टि गरेका छन्।

भेटमा खड्काले उठाउँदै आएका मुख्य मागमा सभापति थापा सकारात्मक देखिएको र सहमतिको सम्भावना बढेको नेताहरूको दाबी छ।

खड्काले १५औँ महाधिवेशनका लागि नवीकरण गरिएका तथा नयाँ वितरण गरिएका क्रियाशील सदस्यतालाई अद्यावधिक नभएको कारण देखाएर महाधिवेशनमा सहभागी हुनबाट वञ्चित गर्न नहुने अडान राख्दै आएका छन्।

उनको भनाइमा १४औँ महाधिवेशनपछि नवीकरण तथा वितरण भएका वैध क्रियाशील सदस्यले १५औँ महाधिवेशनमा स्वतः भाग लिन पाउने सुनिश्चितता हुनुपर्छ।

त्यस्तै, १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूलाई पनि विशेष महाधिवेशनपछि बनेको संरचनामा समेटिनुपर्ने उनको माग छ।

स्रोतका अनुसार यी विषयमा सभापति थापा सकारात्मक बनेपछि दुई पक्षबीच दूरी घटेको छ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

अब शेखरसँग संवाद

पार्टीभित्रको विवाद समाधानकै प्रयासस्वरूप सभापति थापाले नेता डा. शेखर कोइरालासँग पनि आइतबार छलफल गर्दैछन्।

कोइरालाले पार्टीलाई विभाजनतर्फ जान नदिई एकताबद्ध राख्न विभिन्न प्रस्ताव अघि सारेका छन्।

उनका प्रस्तावमा १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता अद्यावधिकलाई अनिवार्य नगर्ने तथा १४औँ महाधिवेशनपछि नवीकरण र वितरण भएका सदस्यताकै आधारमा आगामी महाधिवेशन अघि बढाउने विषय समेटिएका छन्।

यसैगरी, १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति र विशेष महाधिवेशनबाट आएको केन्द्रीय संरचनालाई समायोजन गरी एउटै समिति बनाउने प्रस्तावसमेत कोइरालाले अघि सारेका छन्।

कार्यसम्पादन समिति गठन गर्दा सभापतिलाई बहुमत हुने व्यवस्था गर्ने तर निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन समिति, अनुशासन समिति, विधान समितिलगायत महत्वपूर्ण संरचना आपसी सहमतिमा गठन गर्नुपर्ने उनको प्रस्ताव छ।

यी प्रस्तावमा पूर्णबहादुर खड्का पक्षसमेत सकारात्मक रहेको नेताहरू बताउँछन्।

कार्यसम्पादन समिति बैठक निर्णायक

कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार पार्टीभित्र देखिएको आन्तरिक विवाद समाधानका लागि सभापति थापाले विभिन्न नेतासँग प्रत्यक्ष संवाद गरिरहेका छन्।

शीर्ष नेतासँग भएका छलफल र सम्भावित सहमतिबारे आइतबार दिउँसो बस्ने कार्यसम्पादन समिति बैठकमा सभापति थापाले ब्रिफिङ गर्ने तयारी छ।

चालिसेले विवाद समाधानका लागि सहमतिको सम्भावना बलियो बन्दै गएको बताएका छन्।

वडा अधिवेशन सर्न सक्ने

शीर्ष नेताहरूबीच समझदारी बनेमा भदौ २४ गतेबाट सुरु गर्ने भनिएको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशनको कार्यतालिका केही समय पछाडि धकेलिन सक्ने सम्भावना पनि देखिएको छ।

यससम्बन्धी निर्णय कार्यसम्पादन समिति बैठकबाट हुन सक्ने नेताहरूको भनाइ छ।

यसरी क्रियाशील सदस्यता, पुरानो र नयाँ केन्द्रीय संरचनाको समायोजन तथा पार्टीका महत्वपूर्ण समितिको गठनमा शक्ति बाँडफाँटसम्बन्धी समझदारी बन्न सके कांग्रेसभित्र पछिल्लो समय चर्किएको विवाद तत्कालका लागि साम्य हुने देखिएको छ।

अब सबैको ध्यान गगन थापा–शेखर कोइराला संवाद र त्यसपछि बस्ने कार्यसम्पादन समिति बैठकमा केन्द्रित भएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.