मंगलवार, आश्विन २०,२०८३ 11:35:04
Bizshala
  • मंगलवार, आश्विन २०,२०८३ 11:35:04
Bizshala
Global IME Bank Limited

कांग्रेसको १५औँ महाधिवेशनमा उम्मेदवारी दर्ता सुरु, ७११४ प्रतिनिधिले नयाँ नेतृत्व छान्ने

Bizshala
कांग्रेसको १५औँ महाधिवेशनमा उम्मेदवारी दर्ता सुरु, ७११४ प्रतिनिधिले नयाँ नेतृत्व छान्ने
New Office

 

काठमाण्डौ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएको छ । सात हजार ११४ महाधिवेशन प्रतिनिधिले यसपटक कांग्रेसको नयाँ नेतृत्व चयन गर्नेछन् ।

निर्वाचन समितिले काठमाडौंको राष्ट्रिय सभागृहमा निर्वाचन कार्यालय स्थापना गरी मंगलबार बिहानदेखि उम्मेदवारी फारम वितरण सुरु गरेको हो । समितिका सदस्य सचिव राजु कटवालका अनुसार बिहान १० बजेदेखि उम्मेदवारलाई मनोनयन फारम उपलब्ध गराइएको छ ।

महाधिवेशन प्रतिनिधिहरूको नामावलीसमेत राष्ट्रिय सभागृहभित्र टाँसिएको छ । उम्मेदवारी दिन चाहने नेताले निर्धारित शुल्क सभागृहभित्रै रहेको प्रभु बैंकको काउन्टरमा बुझाएपछि मनोनयन फारम प्राप्त गर्ने व्यवस्था गरिएको छ ।

निर्वाचन समितिले दिउँसो १२ः३० बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरेको छ ।

यसपटक कांग्रेसले केन्द्रीय कार्यसमितिको संरचनामा उल्लेख्य विस्तार गरेको छ । सोमबार पारित संशोधित विधानअनुसार यसअघि १६७ सदस्यीय रहेको केन्द्रीय कार्यसमिति बढाएर २९७ सदस्यीय बनाइएको छ । त्यस्तै, पदाधिकारी संख्या पनि १४ बाट बढाएर २६ पुर्‍याइएको छ ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

संशोधित विधानले उपसभापतिको संख्या चार पुर्‍याएको छ । एक वरिष्ठ उपसभापति र एक महिला उपसभापतिको व्यवस्था थप गरिएको छ । महामन्त्रीको संख्या तीन पुर्‍याइएको छ भने कम्तीमा एक महिला महामन्त्री अनिवार्य गरिएको छ ।

त्यसैगरी दुई खुला सहमहामन्त्री थपिएसँगै सहमहामन्त्रीको संख्या ११ पुगेको छ । पार्टी संरचनामा प्रवक्ता पदसमेत थप गरिएको छ । आवश्यकताअनुसार सहप्रवक्ता थप गर्न सकिने व्यवस्था पनि गरिएको छ ।

कांग्रेसको १४औँ महाधिवेशनका बेला केन्द्रीय कार्यसमिति १६७ सदस्यीय र पदाधिकारी संख्या १४ थियो । यसपटक महाधिवेशन प्रतिनिधिको संख्या तथा समावेशी प्रतिनिधित्व बढाइएको भन्दै त्यसअनुसार केन्द्रीय कार्यसमितिको आकार र पदाधिकारी संरचना पनि विस्तार गरिएको कांग्रेसले जनाएको छ ।

उम्मेदवारी दर्ता सकिएपछि निर्वाचन समितिले उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गर्नेछ । त्यसपछि दाबी–विरोध, उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशनको प्रक्रिया अघि बढ्नेछ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.