बुधबार, आश्विन ७,२०८३ 06:42:22
Bizshala
  • बुधबार, आश्विन ७,२०८३ 06:42:22
Bizshala
Global IME Bank Limited

देउवा एयरपोर्टबाट महाराजगन्ज जाँदा चुनदेवी पस्ने कार्यक्रम थिएन : मीन विश्वकर्मा

गगन थापा र देउवाबीच समझदारी गराउने प्रयास जारी रहेको दाबी

Bizshala
देउवा एयरपोर्टबाट महाराजगन्ज जाँदा चुनदेवी पस्ने कार्यक्रम थिएन : मीन विश्वकर्मा
New Office

 

 

काठमाण्डौ । नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले पार्टी सभापति गगन थापा र पूर्वसभापति शेरबहादुर देउवाबीच समझदारी गराउन आफूहरू निरन्तर प्रयासरत रहेको बताएका छन्।

काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै विश्वकर्माले नेपाल फर्किएपछि देउवाले पार्टीभित्र एकता कायम गर्ने उद्देश्यले वक्तव्य जारी गरेको दाबी गरे।

उनले देउवाको विमानस्थल स्वागतका लागि आफूहरूले मेहनत गरे पनि विमानस्थलबाट निवास पुग्ने क्रममा भएका केही गतिविधिप्रति आफू सहमत नरहेको बताए।

विश्वकर्माका अनुसार विमानस्थलबाट महाराजगन्ज जाने क्रममा चुनदेवी पुग्ने पूर्वनिर्धारित कार्यक्रम थिएन।

‘एयरपोर्टबाट महाराजगन्ज जाँदा चुनदेवी पस्ने कार्यक्रम नै थिएन। त्यहाँ कसले लानुभयो?’ उनले प्रश्न गरे।

विश्वकर्माले चुनदेवीस्थित भवनमा देउवालाई लगिएको, त्यहाँ सभापतिको नेमप्लेट राखेर फोटो खिचिएको र त्यसपछि देउवाबाट आएको अभिव्यक्तिबारे पनि प्रश्न उठाए। ती घटनासँग आफ्नो कुनै संलग्नता नरहेको उनको भनाइ थियो।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

उनले भने, ‘अकस्मात् झन्डासमेत नभएको भवनभित्र लगेर सभापतिको नेमप्लेट राखेर फोटो खिचाइयो। बाहिर निस्केपछि अप्राकृतिक अभिव्यक्ति दिन कसरी लगाइयो? राष्ट्रिय भेलाको समापन समारोहमा अप्रासङ्गिक विषय कसरी बोल्न लगाइयो? यी कुरासँग म जोडिएको छैन।’

उनले कांग्रेस विभाजित नहोस् भन्ने उद्देश्यले निर्वाचन आयोग र अदालतबाट आधिकारिक मान्यता पाएको पक्षमा आफू सहभागी भएको बताए।

विश्वकर्माले असोज १ गते पार्टी सभापति गगन थापाले सार्वजनिक अपिल गरिसकेको उल्लेख गर्दै देउवामाथि आक्रमण भएपछि पार्टीभित्र सहानुभूतिको वातावरण बनेको दाबी गरे।

उनले भने, ‘उहाँमाथि आक्रमण भयो, उपचार गरेर फर्किएपछि सबैले सहानुभूतिका साथ र उहाँको प्रस्तुतिका आधारमा पनि उहाँलाई सर्वोच्च नेताका रूपमा मान्न तयार हुनुहुन्छ।’

विश्वकर्माले सानेपा पक्ष आफूहरूले उठाएका माग सम्बोधन गर्न तयार रहेको दाबी गर्दै आफूहरू महाधिवेशन प्रक्रियामा सहभागी भएको पनि बताए।

उनका अनुसार अहिले पनि पार्टीभित्रको विवादलाई थप चर्काउनेभन्दा सभापति थापा र पूर्वसभापति देउवाबीच समझदारी निर्माण गरी संगठनलाई एकताबद्ध बनाउने प्रयास जारी छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.