काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन खुलामञ्च पुगेका छन्।
काठमाडौंको खुलामञ्चमा आइतबार कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोह आयोजना भइरहेको छ। सोही कार्यक्रममा सहभागी हुन लामिछाने त्यहाँ पुगेका हुन्।
महाधिवेशन उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधिहरू सहभागी भइरहेका छन्।
कांग्रेसको महाधिवेशनमा सहभागी हुन नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनलगायत नेताहरू पनि खुलामञ्च पुगेका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।