बुधबार, श्रावण ६,२०८३ 08:19:07
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 08:19:07
Bizshala
Global IME Bank Limited

गगन–विश्वलाई पूर्णबहादुरको सन्देश : निष्क्रिय बस्दैनौँ, युवालाई अघि सारेर हिँड्छौँ

गगन–विश्वलाई पूर्णबहादुरको सन्देश : निष्क्रिय बस्दैनौँ, युवालाई अघि सारेर हिँड्छौँ
New Office

 

काठमाण्डौ ।  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र आफूहरू निष्क्रिय भएर नबस्ने बताएका छन्। युवालाई अगाडि सार्दै उनीहरूको संरक्षण र नेतृत्व विकासमा भूमिका खेल्ने उनको भनाइ छ।

बीपी स्मृति दिवसका अवसरमा पार्टीको संस्थापन इतर समूहले आयोजना गरेको सभालाई सम्बोधन गर्दै खड्काले पार्टीभित्र सम्मान र स्वाभिमानका विषयमा सम्झौता नगर्ने स्पष्ट पारे।

‘कोही पनि निष्क्रिय बस्नेवाला छैनौँ। हामी युवालाई अघि सारेर उनीहरूको रक्षाकवच बनेर हिँड्न तयार छौँ,’ उनले भने, ‘यी नेताहरू आफैँ नेतृत्वमा आउन खोजेका हुन् भन्ने भ्रम कसैले नराखोस्।’

खड्काले नेपाली कांग्रेस स्थापनापछिकै जटिल र प्रतिकूल अवस्थामा पुगेको टिप्पणी गरे। पार्टी एकताका लागि आफूहरूले उठाएको आवाजलाई बार्गेनिङका रूपमा बुझिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।

उनले पार्टी सभापति गगनकुमार थापालाई १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका सबै पक्षलाई समेटेर नेतृत्वलाई पूर्णता दिन आग्रह गरे।

‘हामीलाई समेटेर पार्टीलाई एकताबद्ध बनाउनुहोस् भन्दा त्यसलाई बार्गेनिङ भन्न मिल्छ?’ खड्काले प्रश्न गरे।

उनले विशेष महाधिवेशनको प्रक्रिया पार्टी विधानअनुकूल नभएको दाबीसमेत गरे। विशेष महाधिवेशन पक्षधर र नियमित महाधिवेशन पक्षधरलाई एक ठाउँमा ल्याउन सभापति थापा र नेतृत्व तहले पहल गर्नुपर्ने उनको भनाइ थियो।

खड्काले पार्टीभित्रका सबै समूहलाई सम्मानजनक रूपमा समेटेर मात्र कांग्रेसलाई एकताबद्ध र प्रभावकारी बनाउन सकिने बताए।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.