आईतवार, भाद्र २१,२०८३ 05:02:00
Bizshala
  • आईतवार, भाद्र २१,२०८३ 05:02:00
Bizshala
Global IME Bank Limited

कांग्रेस फुटको संघारमा ? रमेश लेखकको चेतावनी– महाधिवेशन रोकिएन भने विभाजन निश्चित

कांग्रेस फुटको संघारमा ? रमेश लेखकको चेतावनी– महाधिवेशन रोकिएन भने विभाजन निश्चित
New Office

 

काठमाण्डौ । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीभित्र जारी महाधिवेशन विवाद तत्काल नरोके कांग्रेस विभाजनतर्फ जाने चेतावनी दिएका छन्।

कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा कार्यकर्तासँगको भेटघाटका क्रममा लेखकले अहिले पनि सहमतिका लागि ठाउँ बाँकी रहेको बताए। तर दुवै पक्ष आ–आफ्नो महाधिवेशन प्रक्रियामा अघि बढिरहे पार्टी विभाजन रोक्न कठिन हुने उनको भनाइ छ।

“अहिले पनि उपाय छ। आफ्नो–आफ्नो ठाउँबाट महाधिवेशन रोकौँ,” लेखकले भने, “यदि महाधिवेशन रोकिएन भने पार्टी विभाजन हुन्छ।”

उनले पार्टी एकता जोगाउन करिब ११ महिनादेखि निरन्तर प्रयास भइरहेको दाबी गर्दै समाधानका लागि अधिकतम लचकता अपनाउन आफूहरू तयार रहेको बताए।

‘गगनलाई हटाउने माग छैन’

लेखकले सभापति गगन थापालाई हटाउने आफूहरूको माग नभएको स्पष्ट पारेका छन्।

उनका अनुसार अहिलेको विवाद समाधानका लागि गगन थापालाई नै सभापति स्वीकार गर्दै १४औँ महाधिवेशनबाट बनेको केन्द्रीय कार्यसमिति र विशेष महाधिवेशनपछि बनेको संरचनालाई समायोजन गर्न सकिन्छ।

विशेष महाधिवेशनपछि १४औँ महाधिवेशनबाट निर्वाचित कतिपय नेता केन्द्रीय संरचनाबाट बाहिर परेको भन्दै उनीहरूलाई पुनः समेट्नुपर्ने लेखकको प्रस्ताव छ।

उनले त्यस्तो समायोजन गर्दा सभापति थापा अल्पमतमा पर्ने चिन्ता भए संस्थापन पक्षले आवश्यक सदस्य थपेर बहुमत कायम राख्न सक्ने विकल्पसमेत आफूहरूले अघि सारेको बताए।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

समितिमा शक्ति बाँडफाँटको प्रस्ताव

लेखकका अनुसार निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन समिति र अनुशासन समितिलगायत संरचनामा सभापति थापाले संयोजक तोक्न र आफ्नो बहुमत कायम राख्न सक्ने प्रस्ताव गरिएको छ।

तर ती समितिमा अन्य समूहका एक–एक जना प्रतिनिधि राखेर सहमतिको संरचना बनाउनुपर्ने उनीहरूको माग छ।

लेखकले भने, “हामीले गगनजीलाई नै सभापति मान्ने गरी पार्टी मिलाउने प्रयास गरेका हौँ, तर मिल्न सकिरहेको छैन।”

विशेष महाधिवेशनबाट समस्या सुरु भएको दाबी

लेखकले पार्टीभित्रको अहिलेको संकट विशेष महाधिवेशनले १४औँ महाधिवेशनबाट बनेको कार्यसमितिलाई विस्थापित गरेपछि सुरु भएको दाबी गरेका छन्।

त्यसैले विवाद समाधानका लागि १४औँ महाधिवेशन र विशेष महाधिवेशन दुवैबाट बनेका संरचनालाई एउटै ठाउँमा ल्याउनुपर्ने उनको भनाइ छ।

अदालतको फैसला कुर्न आग्रह

लेखकले पार्टीको आधिकारिकतासम्बन्धी मुख्य मुद्दा अझै अदालतमा विचाराधीन रहेकाले हतारमा कुनै पक्षले आफूलाई पूर्ण वैधानिक ठान्न नहुने बताएका छन्।

अदालतको एउटा फैसला आफ्नो पक्षमा आएको आधारमा सम्पूर्ण विवाद समाधान भएको मान्न नमिल्ने उनको भनाइ छ।

उनले अदालतको अन्तिम निर्णय कुर्नुपर्ने र त्यसअघि दुवै पक्षले महाधिवेशन प्रक्रिया रोक्नुपर्ने धारणा राखेका छन्।

‘फुटे जिम्मेवारी प्रक्रिया अघि बढाउने पक्षको’

लेखकले कांग्रेस विभाजन भए त्यसको जिम्मेवारी महाधिवेशन प्रक्रिया जबर्जस्ती अघि बढाउने पक्षले लिनुपर्ने चेतावनी पनि दिएका छन्।

उनले अहिले पार्टी जोगाउने अन्तिम अवसर सहमति भएको भन्दै महाधिवेशन रोक्न आग्रह गरेका छन्।

कांग्रेसभित्र १५औँ महाधिवेशन, विशेष महाधिवेशन, क्रियाशील सदस्यता र पार्टीको वैधानिक संरचनालाई लिएर गहिरिँदै गएको विवादबीच लेखकको यो चेतावनीलाई पार्टी एकताको पक्षमा आएको कडा राजनीतिक सन्देशका रूपमा हेरिएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.