काठमाण्डौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवासहित लामो समय योगदान गरेका नेताहरू १५औं महाधिवेशनको मञ्चमा उपस्थित नहुँदा आफूलाई खल्लो लागेको बताएका छन्।
पार्टीको १५औं महाधिवेशनअन्तर्गत बन्दसत्रलाई सम्बोधन गर्दै थापाले कांग्रेस निर्माणमा देउवाले पुर्याएको योगदान र संघर्षलाई स्मरण गरे।
उनले पार्टीको नेतृत्वमा रहेर लामो समय काम गरेका तथा कांग्रेसको संगठन निर्माणमा महत्वपूर्ण भूमिका खेलेका नेताहरूलाई सम्मानका साथ सम्झिनुपर्ने बताए।
“निवर्तमान पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो जीवनकालमा नेपाली कांग्रेसमा लामो समय योगदान गर्नुभएको छ, संघर्ष गर्नुभएको छ,” थापाले भने, “पार्टी निर्माणमा उहाँको ठूलो योगदान छ। अन्य नेताहरूको पनि उत्तिकै योगदान रहेको छ।”
थापाले महाधिवेशनको मञ्चमा ती नेताहरूको उपस्थिति हुनुपर्ने अपेक्षा आफूहरूमा रहेको बताए।
“आज यो मञ्चमा हाम्रा दाइहरू पनि हुनुपर्थ्यो भन्ने हामीलाई लाग्छ,” उनले भने, “उहाँहरू यहाँ नहुँदा हामीलाई मिठो लागेको छैन।”
थापाको अभिव्यक्तिले नयाँ नेतृत्वसहित अघि बढिरहेको कांग्रेसभित्र पुरानो पुस्ताको योगदानलाई सम्मान गर्दै अगाडि बढ्नुपर्ने सन्देश दिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।