शुक्रबार, आश्विन ३०,२०८३ 01:27:58
Bizshala
  • शुक्रबार, आश्विन ३०,२०८३ 01:27:58
Bizshala
Global IME Bank Limited

अल्गोरिदमले ग्लोबल पोलिटिक्स लतार्दैछ, छाडा गाली गर्नेले पनि दुई तिहाइ मत पाइरहेका छन् : गगन थापा

Bizshala
अल्गोरिदमले ग्लोबल पोलिटिक्स लतार्दैछ, छाडा गाली गर्नेले पनि दुई तिहाइ मत पाइरहेका छन् : गगन थापा
New Office

 काठमाण्डौ । नेपाली कांग्रेसका सभापति गगन थापाले सामाजिक सञ्जालको अल्गोरिदमले विश्व राजनीतिमै गहिरो प्रभाव पारिरहेको टिप्पणी गरेका छन्।

काठमाडौंमा आयोजित पार्टीको एक कार्यक्रममा बोल्दै थापाले परम्परागत राजनीतिक दलप्रति मतदाताको आकर्षण घट्दै गएको र सामाजिक सञ्जालमा आक्रामक तथा उत्तेजक सामग्री प्रस्तुत गर्ने व्यक्तिहरूले समेत ठूलो जनसमर्थन पाइरहेको बताए।

उनले युरोपका विभिन्न निर्वाचनसम्बन्धी अध्ययनको उदाहरण दिँदै परम्परागत राजनीतिक दलका मतदाता उल्लेख्य रूपमा घटेको दाबी गरे। ब्राजिलको पछिल्लो निर्वाचनको उदाहरण प्रस्तुत गर्दै थापाले सामाजिक सञ्जालमा विवादास्पद र उग्र सामग्री पोस्ट गर्ने युवाहरूले पनि ठूलो मतान्तरसहित जित हासिल गरेको उल्लेख गरे।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

थापाका अनुसार पछिल्लो समय विश्वभर परम्परागत राजनीतिक दलहरूले जनताको समस्या समाधान गर्न नसक्ने धारणा बलियो हुँदै गएको छ। त्यही प्रवृत्तिको प्रभाव नेपाली राजनीतिमा पनि देखिन थालेको उनको भनाइ छ।

उनले ‘नयाँ’ र ‘पुराना’ शक्तिका नाममा राजनीतिक ध्रुवीकरण बढिरहेको उल्लेख गर्दै नेपाली कांग्रेसले विभिन्न धार र पुस्तालाई सँगै लिएर अघि बढ्नुपर्ने बताए।

थापाले बदलिँदो राजनीतिक व्यवहार, सामाजिक सञ्जालको प्रभाव र अल्गोरिदमले मतदाताको धारणा निर्माणमा खेलिरहेको भूमिकालाई राजनीतिक दलहरूले गम्भीर रूपमा बुझ्नुपर्ने संकेतसमेत गरे।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.