काठमाण्डौ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि जारी मतदानको समय दुई घण्टा थप गरिएको छ।
यसअघि दिउँसो ३ बजेसम्म मतदान गर्ने समय तोकिएकोमा अब साँझ ५ बजेसम्म मतदान गर्न पाइने भएको हो।
केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले सूचना जारी गर्दै मतदानको समय थप गरिएको जानकारी दिएका हुन्।
शुक्रबार बिहान ७ बजेदेखि मतदान सुरु गर्ने तयारी रहे पनि करिब एक घण्टा ढिलो गरी मतदान सुरु भएको थियो। नयाँ नेतृत्व चयनका लागि खुलामञ्च र राष्ट्रिय सभागृहमा मतदान भइरहेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।