बुधबार, आश्विन २१,२०८३ 02:39:42
Bizshala
  • बुधबार, आश्विन २१,२०८३ 02:39:42
Bizshala
Global IME Bank Limited

कांग्रेसको बन्दसत्र अपराह्न चार बजे, भोलि बिहानदेखि मतदान

Bizshala
कांग्रेसको बन्दसत्र अपराह्न चार बजे, भोलि बिहानदेखि मतदान
New Office

 

 काठमाण्डौ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्दसत्र बुधबार अपराह्न ४ बजे सुरु हुने भएको छ।

कांग्रेसको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सुरेशराज आचार्यका अनुसार बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले प्रस्तुत गरेका चार वटा प्रतिवेदन पारित गर्ने कार्यसूची छ। महाधिवेशन प्रतिनिधिहरूले ती प्रतिवेदनमाथि यसअघि नै छलफल गरिसकेका छन्।

बन्दसत्रबाट प्रतिवेदन पारित भएपछि महाधिवेशनको मुख्य बाँकी प्रक्रिया नयाँ नेतृत्व चयनका लागि मतदान हुनेछ।

निर्वाचन कार्यतालिकाअनुसार असोज २२ गते बिहान ७ बजेदेखि मतदान सुरु गर्ने तयारी गरिएको छ।

यस महाधिवेशनबाट सभापति १, वरिष्ठ उपसभापति १ सहित चार उपसभापति, महामन्त्री ३, सहमहामन्त्री १५ र कोषाध्यक्ष १ गरी २४ पदाधिकारी रहने व्यवस्था छ। तीमध्ये चार सहमहामन्त्री र एक कोषाध्यक्ष सभापतिबाट मनोनीत हुने भएकाले प्रत्यक्ष निर्वाचनबाट १९ पदाधिकारी चयन हुनेछन्।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

ती १९ पदका लागि प्रारम्भिक रूपमा ७९ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ। सभापति पदमा वर्तमान सभापति गगनकुमार थापा, पूर्वसहमहामन्त्री किशोरसिंह राठोर र श्यामकृष्ण खड्गी प्रतिस्पर्धामा छन्।

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको एकल उम्मेदवारी परेको छ। महिला उपसभापतिमा पुष्पा भुसालको पनि एकल उम्मेदवारी परेको छ।

बुधबार उम्मेदवारहरूको प्रारम्भिक नामावलीमाथि दाबी–विरोधको प्रक्रिया पनि अघि बढाइएको छ। निर्वाचन समितिले दाबी–विरोधपछि अन्तिम नामावली टुंग्याएर मतदानतर्फ जाने तयारी गरेको छ।

बन्दसत्रबाट प्रतिवेदन अनुमोदन र उम्मेदवारी प्रक्रिया टुंगिएसँगै कांग्रेसको १५औँ महाधिवेशन नेतृत्व चयनको निर्णायक चरणमा प्रवेश गर्नेछ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.