काठमाण्डौ । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्किँदै छन्। उनको आगमनलाई लक्षित गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
देउवा आज मध्यान्ह करिब साढे १२ बजे काठमाडौँ आइपुग्ने कार्यक्रम रहेको छ। उनको आगमनअघि नै विमानस्थलको मुख्य प्रवेशद्वार तथा आसपासका क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
गत फागुनमा सिंगापुर गएका देउवा केही महिनापछि स्वदेश फर्किन लागेका हुन्। उनको आगमनका क्रममा विमानस्थल क्षेत्रमा भीडभाड तथा सुरक्षा चुनौती हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर सुरक्षा सतर्कता बढाइएको बताइएको छ।
विमानस्थल प्रवेशद्वारमा नेपाल प्रहरीसहितका सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइएको छ भने आवतजावतमा समेत निगरानी बढाइएको छ।
देउवा लामो समयपछि स्वदेश फर्किन लागेकाले उनको आगमनलाई कांग्रेस वृत्त तथा राजनीतिक क्षेत्रमा समेत चासोका साथ हेरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।