Bizshala
  • शुक्रबार, भाद्र २६,२०८३ 03:25:15
Bizshala
Global IME Bank Limited

प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगन थापा

प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगन थापा
New Office

 

काठमाण्डौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री वालेन्द्र शाह निजी क्षेत्रप्रति सकारात्मक नरहेको टिप्पणी गरेका छन्।

गिरिजाप्रसाद कोइराला फाउन्डेसनले शुक्रबार आयोजना गरेको ‘समीक्षा तथा भावी योजना’ विषयक कार्यक्रममा बोल्दै सभापति थापाले प्रधानमन्त्री शाहको निजी क्षेत्रप्रतिको दृष्टिकोणमाथि प्रश्न उठाएका हुन्।

‘अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन,’ थापाले भने, ‘मेरो बुझाइमा—ही हेट्स प्राइभेट सेक्टर।’

थापाले आफ्नो टिप्पणी अनुमान वा व्यक्तिगत पूर्वाग्रहका आधारमा नभएको पनि स्पष्ट पारे।

‘मैले अनुमानको आधारमा भनेको होइन,’ उनले भने, ‘उहाँका पछिल्ला कतिपय अभिव्यक्ति र निर्णयहरू हेरेर यो निष्कर्ष निकालेको हुँ।’

प्रधानमन्त्री शाह नेतृत्वको सरकारले सार्वजनिक संस्थान तथा सरकारी उद्योगसम्बन्धी पछिल्लो समय गरेका केही निर्णयलाई थापाले आफ्नो टिप्पणीको आधार बनाएका छन्।

उनले दुग्ध विकास संस्था, हेटौँडाका सरकारी उद्योग तथा नेपाल औषधि लिमिटेडसम्बन्धी निर्णयहरूको उदाहरण प्रस्तुत गर्दै सरकारको आर्थिक सोच निजी क्षेत्रमैत्री छ कि छैन भन्ने प्रश्न उठाए।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

यद्यपि ती उद्योग सञ्चालन हुनु र मुनाफा कमाउनु सकारात्मक विषय भएको उनले बताए।

‘ती कारखाना चलून्, मुनाफा कमाऊन्, मेरो शुभेच्छा छ,’ थापाले भने, ‘त्यसका बारेमा मेरो टिप्पणी होइन।’

थापाको मुख्य प्रश्न भने राज्यले उद्योग सञ्चालन गर्ने कि निजी क्षेत्रलाई व्यवसाय विस्तारको प्रमुख चालक बनाउने भन्ने आर्थिक नीतिको दिशासँग सम्बन्धित देखिन्छ।

सरकारले बन्द तथा समस्याग्रस्त सार्वजनिक उद्योग पुनर्संरचना गर्ने र कतिपय उद्योगलाई सञ्चालनमा ल्याउने प्रयास गरिरहेका बेला प्रमुख प्रतिपक्षी दलका सभापतिबाट आएको यो टिप्पणीलाई सरकारको निजी क्षेत्रसम्बन्धी नीतिमाथिको राजनीतिक प्रश्नका रूपमा हेरिएको छ।

विशेषगरी लगानी, रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तारका लागि निजी क्षेत्रको भूमिका बढाउनुपर्ने बहस चलिरहेका बेला थापाले प्रधानमन्त्री शाहकै दृष्टिकोणमाथि प्रश्न उठाएका हुन्।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.