आईतवार, आश्विन १८,२०८३ 12:57:22
Bizshala
  • आईतवार, आश्विन १८,२०८३ 12:57:22
Bizshala
Global IME Bank Limited

महाधिवेशन रोक्न अदालत जाने देउवा समूहको निर्णय, शुक्रबारसम्म निवेदन दर्ताको तयारी

Bizshala
महाधिवेशन रोक्न अदालत जाने देउवा समूहको निर्णय, शुक्रबारसम्म निवेदन दर्ताको तयारी
New Office

 

काठमाण्डौ । नेपाली कांग्रेसको संस्थापन इतर अर्थात् देउवा समूहले पार्टीको १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै अदालत जाने निर्णय गरेको छ। बिहीबार महाराजगञ्जस्थित डा. शशांक कोइरालाको निवासमा बसेको समूहका शीर्ष नेताहरूको बैठकले कानुनी उपचार खोज्ने निर्णय गरेको हो।

समूहका प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माका अनुसार महाधिवेशन प्रक्रिया तत्काल रोक्न माग गर्दै अदालतमा निवेदन दिने निर्णय भएको छ। उनका अनुसार शुक्रबारसम्म अदालतमा निवेदन दर्ता गर्ने तयारी छ।

पार्टीको आधिकारिकतासम्बन्धी विवादमा पुनः सुनुवाइ हुने अवस्था बनेकाले त्यसको टुंगो नलागेसम्म महाधिवेशन प्रक्रिया अघि बढाउन नहुने देउवा समूहको तर्क छ।

यसअघि कांग्रेसभित्र पार्टीको आधिकारिकता र नेतृत्वसम्बन्धी विवाद अदालतसम्म पुगेको थियो। सोही विषयमा पुनः सुनुवाइ हुने भएपछि महाधिवेशन प्रक्रिया जारी राख्दा थप कानुनी जटिलता सिर्जना हुनसक्ने निष्कर्ष समूहले निकालेको बताइएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यता नेपाली कांग्रेसको संस्थागत पक्षले भने १५औँ महाधिवेशनको प्रक्रिया अघि बढाइसकेको छ। केन्द्रीय निर्वाचन समितिको पछिल्लो निर्णयअनुसार वडा अधिवेशन आगामी भदौ २४ गते गर्ने कार्यतालिका तय गरिएको छ।

कांग्रेसले यसअघि तय गरेको असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन आयोजना गर्ने निर्णयलाई यथावत् राखेको छ। यद्यपि, तल्लो तहका अधिवेशनको कार्यतालिकामा भने आवश्यक हेरफेर गरिएको छ।

देउवा समूह अदालत जाने निर्णयमा पुगेपछि कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया थप कानुनी र राजनीतिक विवादमा तानिने देखिएको छ। अदालतबाट अन्तरिम आदेश आए महाधिवेशनको जारी कार्यतालिका प्रभावित हुनसक्नेछ भने आदेश नआए पार्टीले तोकिएकै तालिकाअनुसार प्रक्रिया अघि बढाउने अवस्था रहनेछ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.