काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारहरूको प्रथम नामावली सार्वजनिक गरेको छ।
सभापति पदमा गगन कुमार थापा, किशोर सिंह राठौर र श्यामकृष्ण खड्गी गरी तीन जनाको उम्मेदवारी परेको छ। वरिष्ठ उपसभापति पदमा भने विश्वप्रकाश शर्माको एकल उम्मेदवारी दर्ता भएको समितिले जनाएको छ। योसँगै उनी वरिष्ठ उपसभापतिमा निर्विरोध निर्वाचित भएका छन्।
प्रथम नामावलीमा दाबी–विरोध वा आपत्ति भए आज बिहान १० बजेदेखि १२ बजेसम्म आवश्यक कागजातसहित केन्द्रीय निर्वाचन समितिको कार्यालयमा सम्पर्क गर्न भनिएको छ। दाबी–विरोधको प्रक्रिया पूरा भएपछि अन्तिम नामावली सार्वजनिक गरिने समितिले जनाएको छ।
https://drive.google.com/file/d/1iME_7_-h_uoL2716VaTLloVK-1FoCO5x/view?usp=sharing


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।