बिहीबार, असार ३२,२०८३ 10:19:40
Bizshala
  • बिहीबार, असार ३२,२०८३ 10:19:40
Bizshala
Global IME Bank Limited

कांग्रेसको संगठन सुदृढीकरण अभियानअन्तर्गत प्रदेशस्तरीय भेला आजदेखि सुर्खेतमा शुरु

कांग्रेसको संगठन सुदृढीकरण अभियानअन्तर्गत प्रदेशस्तरीय भेला आजदेखि सुर्खेतमा शुरु
New Office

काठमाण्डौं । नेपाली कांग्रेसले प्रदेश तथा स्थानीय तह केन्द्रित ‘प्रदेशस्तरीय भेला’ आजदेखि सुर्खेतमा शुरु गर्दैछ।

दुईदिने भेलाको उद्घाटन पार्टी सभापति गगनकुमार थापा ले गर्ने कार्यक्रम रहेको छ।

 

भेलामा सहभागी हुन उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री प्रदीप पौडेल समेत सुर्खेत पुगिसकेका छन्।  

सभापति थापाको सचिवालयका अनुसार भेलामा प्रदेश कार्यसमिति, जिल्ला पदाधिकारी तथा स्थानीय तहका जनप्रतिनिधिबीच पार्टीको आगामी रणनीति, संगठन विस्तार तथा स्थानीय तहमा पार्टीको भूमिकाबारे छलफल हुनेछ।

कांग्रेसले सातै प्रदेशमा संगठन मजबुत बनाउन यस्ता भेला सञ्चालन गरिरहेको जनाएको छ।

यसअघि वैशाख २६ र २७ गते धनगढी मा सुदूरपश्चिम प्रदेशस्तरीय भेला सम्पन्न भइसकेको थियो।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.