काठमाडौँ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बिमा दाबी भुक्तानी तथा चुक्ता भुक्तानी लिन बाँकी रहेका बिमित र हकवालालाई आवश्यक कागजातसहित कम्पनीको नजिकको शाखा कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।
कम्पनीले जारी गरेको सूचनाअनुसार विभिन्न बिमा योजनाअन्तर्गत नियमानुसार पूर्ण अवधि भुक्तानी, दाबी भुक्तानी, आंशिक दाबी भुक्तानी तथा चुक्ता भुक्तानीबापतको रकम लिन बाँकी रहेका बिमित र हकवालाले आवश्यक कागजातसहित नजिकको शाखा कार्यालयमा सम्पर्क गरी आफ्नो बिमालेखअनुसारको रकम यथाशीघ्र प्राप्त गर्न अनुरोध गरिएको छ।
कम्पनीले सम्बन्धित सबैलाई आफ्नो बिमालेखअनुसार भुक्तानी लिन बाँकी रकम प्राप्त गर्न सूचनामार्फत आग्रह गरेको हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।