काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा १० अर्ब ८२ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा तीन वटाबाट मात्रै उच्च खरिद भएको छ भने ७ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, अनलाइन सेक्युरिटिज र आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकर कम्पनीहरुमा भिजन सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, सनि सेक्युरिटिज, श्रीहरि सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स सेक्युरिटिज, दिपशिखा धितोपत्र कारोबार कम्पनी र त्रिशक्ति सेक्युरिटिज पब्लिक लिमिटेड रहेका छन् ।
आज सर्वाधिक कारोबार गर्ने ब्रोकर कम्पनीमा नासा सेक्युरिटिज रहेको छ । उक्त ब्रोकर कम्पनीबाट मात्रै १ अर्ब ४१ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ५६.९६ प्रतिशत सेयर खरिद र ४३.०४ प्रतिशत सेयर बिक्री भएको छ ।
.png)