आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ६ वटाबाट उच्च बिक्री
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा ६ अर्ब ४७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ४ वटाबाट उच्च खरिद भएको छ भने ६ वटाबाट उच्च बिक्री भएको छ ।उच्च खरिद गर्ने ब्रोकरहरुमा इम्पेरियल सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज, भिजन सेक्युरिटिज र नेपाल स्टक हाउस लिमिटेड रहेका छन् ।

