काठमाण्डौ । आजका उच्च कारोबार गर्ने १० शीर्ष ब्रोकरहरुमा ५ वटाबाट उच्च खरिद र ५ वटाबाट उच्च बिक्री भएको छ । उच्च कारोबार गर्ने नासा सेक्युरिटिजले आज पनि २ अर्ब ८७ करोड रुपैयाँबराबरको कारोबार गरेको छ । यस ब्रोकरबाट आज १ अर्ब १५ करोडको खरिद र १ अर्ब ७२ करोडबराबरको बिक्री भएको छ ।
दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्युरिटिजबाट १ अर्ब १५ करोड रुपैयाँबराबरको खरिद र ९० करोड रुपैयाँबराबरको बिक्री भएको छ ।
तेस्रो स्थानमा रहेको भिजन सेक्युरिटिजबाट ७६ करोडबराबरको खरिद र ९८ करोडबराबरको बिक्री भएको छ ।
चौंथो स्थानमा रहेको अनलाइन सेक्युरिटिजबाट ८० करोड ७५ लाखको खरिद र करिब ८३ करोडको बिक्री भएको छ ।
पाँचौ स्थानमा रहेको सनी सेक्युरिटिजबाट ७६ करोड ३१ लाखको खरिद र ६० करोड २० लाखबराबरको बिक्री भएको छ ।
छैठौं स्थानमा रहेको आर्यतारा सेक्युरिटिजबाट ७४ करोडबराबरको खरिद र ६१ करोडबराबरको बिक्री भएको छ ।
सातौं स्थानमा रहेको डाइनामिक मनी म्यानेजरबाट करिब ६८ करोडबराबरको खरिद र ६० करोडबराबरको बिक्री भएको छ ।
आठौं स्थानमा रहेको दीप शीखा धितोपत्रबाट ६५ करोड २६ लाखको खरिद र ५८ करोडबराबरको बिक्री भएको छ ।
नबौं स्थानमा रहेको अग्रवाल सेक्युरिटिजबाट ५० करोडको खरिद र ५७ करोडबराबरको बिक्री भएको छ ।
दशौं स्थानमा रहेको एबीसी सेक्युरिटिजबाट ४९ करोडबराबरको खरिद र ५५ करोडबराबरको बिक्री भएको छ ।