काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरमध्ये ७ वटा ब्रोकरबाट उच्च बिक्री भएको छ भने ३ वटाबाट मात्रै खरिद भएको छ । प्रायजसो सर्वाधिक कारोबार गर्नेको शीर्ष स्थानमा रहने नासा सेक्यूरिटिजलाई आज लिञ्च सेक्यूरिटिजले पछि पारको छ ।
पहिलो स्थानमा रहेको लिञ्च सेक्यूरिटिजबाट ४२ करोड ४१ लाखको खरिद भएको छ भने ३१ करोड ५१ लाखको बिक्री भएको छ ।
दोस्रो स्थानमा रहेको नासा सेक्यूरिटिजबाट २८ करोड ३१ को खरिद भएको छ भने ३७ करोड ६३ लाखको बिक्री भएको छ ।
तेस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट २९ करोड ५३ लाखको खरिद भएको छ भने ३१ करोड ९४ लाखको बिक्री भएको छ ।
चौंथो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट २३ करोड ६५ लाखको खरिद भएको छ भने ३० करोडको बिक्री भएको छ ।
पाँचौ स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट २१ करोड ५० लाखको खरिद भएको छ भने २५ करोड ६८ लाखको बिक्री भएको छ ।
छैठौं स्थानमा रहेको सनी सेक्यूरिटिजबाट २० करोड २२ लाखको खरिद भएको छ भने २४ करोडको बिक्री भएको छ ।
सातौ स्थानमा रहेको क्यापिटल म्याक्स सेक्यूरिटिजबाट २१ करोड ९४ लाखको खरिद भएको छ भने २१ करोड ७१ लाखको बिक्री भएको छ ।
आठौ स्थानमा रहेको आर्यतारा सेक्यूरिटिजबाट १९ करोड ९० लाखको खरिद भएको छ भने २१ करोड २१ लाखको बिक्री भएको छ ।
नवौं स्थानमा रहेको दीपशीखा धितोपत्रबाट १७ कारोड ५१लाखको खरिद भएको छ भने २१ करोड ९१ लाखको बिक्री भएको छ ।
दशौं स्थानमा रहेको एबीसी सेक्यूरिटिजबाट २१ करोड ८२ लाखको खरिद भएको छ भने १६ करोड ३९ लाखको बिक्री भएको छ ।