काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा ३ अर्ब ८४ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक सेयर कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा दुईवटाबाट मात्रै खरिद भएको छ भने ८ वटाबाट उच्च बिक्री चाप देखिएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज र अनलाइन सेक्युरिटिज मात्रै रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकहरुमा भिजन सेक्युरिटिज, सनि सेक्युरिटिज, नेपाल स्टक हाउस, इम्पेरियल सेक्युरिटिज, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स सेक्युरिटिज, लिन्च स्टक मार्केट र त्रिशक्ति सेक्युरिटिज पब्लिक लिमिटेड रहेका छन् ।
आज सर्वाधिक सेयर कारोबार गर्ने ब्रोकरमा नासा सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट आज ५४ करोड ८९ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ५५.९४ प्रतिशत सेयर खरिद र ४४.०६ प्रतिशत सेयर बिक्री भएको छ ।


