काठमाण्डौ । साताको पहिलो कारोबारमा आज करिब २९ अर्बको कराबोर भयो । आजका शीर्ष १० ब्रोकरहरुमा ५ वटाबाट सर्वाधिक खरिद र ५ वटाबाट बिक्री भएको छ । नासा सेक्युरिटिजबाट आज १ अर्ब ७८ करोडको खरिद हुँदा १ अर्ब ६० करोडको बिक्री भएको छ ।
दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्युरिटिजबाट १ अर्ब ३२ करोडको खरिद र १ अर्ब ३२ करोडकै बिक्री भएको छ ।
तेस्रो स्थानमा रहेको भिजन सेक्युरिजिबाट १ अर्ब ६ करोडको खरिद र १ अर्ब २० करोडको बिक्री भएको छ ।
चौंथो स्थानमा रहेको सनी सेक्युरिटिजबाट १ अर्ब ७ करोडको खरिद र १ अर्ब ५ करोडको बिक्री भएको छ ।
पाँचौ स्थानमा रहेको आर्यतार सेक्युरिटिजबाट १ अर्ब ३ करोडको खरिद र १ अर्ब ४ करोडको बिक्री भएको छ ।
छैटौं स्थानमा रहेको अनलाइन सेक्युरिटिजबाट ९१ करोडको खरिद र १ अर्ब १० करोडको बिक्री भएको छ ।
सातौं स्थानमा रहेको डाइनामिक सेक्यूरिटिजबाट ९६ करोडको खरिद र ९९ करोडको बिक्री भएको छ ।
आठौं स्थानमा रहेको दीपशिखा धितोपत्रबाट ७८ करोडको खरिद गर्दा ७५ करोडको बिक्री भएको छ ।
नवौं स्थानमा रहेको लिञ्च स्टकबाट ८८ करोडको खरिद र ५४ करोडको बिक्री भएको छ ।
दशौं स्थानमा रहेको कोहिनूर सेक्युरिटिजबाट ५८ करोडको खरिद र ६५ करोडको बिक्री भएको छ ।