काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज शीर्ष १० ब्रोकरमध्ये ६ वटाबाट बिक्री र ४ वटाबाट मात्रै खरिद भएको छ ।
आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ४३ करोडको खरिद र ४८ करोडको बिक्री भएको छ ।
दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्युरिटिजबाट ४२ करोड ५७ लाखको खरिद र ३६ करोड ७५ लाखको बिक्री भएको छ ।
तेस्रो स्थानमा रहेको लिञ्च स्टक मार्केट्बाट ३३ करोडको खरिद र ३६ करोड ६१ लाखको बिक्री भएको छ ।
चौंथो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट करिब ३३ करोडको खरिद र ३८ करोडको बिक्री भएको छ ।
पाँचौ स्थानमा रहेको आर्यतार सेक्युरिटिजबाट करिव ३० करोडको खरिद हुँदा ३६ करोड ५५ लाखको बिक्री भएको छ ।
छैठौं स्थानमा रहेको अनलाइन सेक्युरिटिजबाट ३० करोडको खरिद र करिब ३६ करोडको बिक्री भएको छ ।
सातौं स्थानमा रहेको भृकुटी स्टक डिलरबाट ४२ करोडको खरिद र करिब २२ करोडको बिक्री भएको छ ।
आठौं स्थानमा रहेको सनी सेक्युरिटिजबाट ३० करोड ३१ लाखको खरिद र २९ करोड ६३ लाखको बिक्री भएको छ ।
नवौं स्थानमा रहेको डाइनामिक मनी म्यानेजरबाट करिब २५ करोडको खरिद र करिब २८ करोडको बिक्री भएको छ ।
दशौं स्थानमा रहेको दीपशिखा धितोपत्रबाट २६ करोडको खरिद र २५ करोडको बिक्री भएको छ ।