काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा ६ अर्ब ४७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ४ ब्रोकरबाट उच्च खरिद भएको छ भने ६ ब्रोकरबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा सनि सेक्युरिटिज, नेपाल स्टक हाउस, कोहीनुर इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज र दिपशिखा धितोपत्र कारोबार कम्पनी रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, भिजन सेक्युरिटिज र प्रिमियर सेक्युरिटिज रहेका छन् । आज सर्वाधिक कारोबार गर्ने ब्रोकर कम्पनीमा नासा सेक्युरिटिज रहेको छ ।
यो ब्रोकरबाट आज ८३ करोड ३१ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ३७.८४ प्रतिशत सेयर खरिद भएको छ भने ६२.१६ प्रतिशत सेयर बिक्री भएको छ ।


