काठमाण्डौ । आज नेप्सेमा एक सय अंक भन्दा बढीको उछाल आउदा करिब ७ अर्ब ६१ करोडको कारोबार भएको छ । आजका शीर्ष १० ब्रोकरहरुमा ८ वटाबाट उच्च खरिद भएको छ भने २ वटाबाट मात्रै उच्च बिक्री भएको छ ।
आज सर्वाधिक कारोबार गर्नेमा नासा सेक्युरिटिज पहिलो स्थानमा रहेको छ । यो ब्रोकरबाट आज ४२ करोड ९४ लाखको खरिद भएको छ भने ३३ करोड ९२ लाखको बिक्री भएको छ ।
दोस्रो स्थानमा रहेको भृकुटि स्टक ब्रोकिङबाट ३५ करोड ३८ लाखको खरिद भएको छ भने २४ करोड १० लाखको बिक्री भएको छ ।
तेस्रो स्थानमा रहेको भिजन सेक्युरिटिजबाट ३२ करोड ७९ लाखको खरिद हुँदा २५ करोड ३१ लाखको बिक्री भएको छ ।
चौंथोमा स्थानमा रहेको डाइनामिक सेक्युरिटिजबाट ३१ करोडको खरिद हुँदा २६ करोड ३९ लाखको बिक्री भएको छ ।
पाँचौ स्थानमा रहेको इम्पेरियल सेक्युरिटिजबाट २७ करोड २७ लाखको खरिद हुँदा ३० करोडको बिक्री भएको छ ।
छठौं स्थानमा सनी सेक्युरिटिजबाट ३१ करोड ३१ लाखको खरिद हुँदा २२ करोड ५७ लाखको बिक्री भएको छ ।
सातौ स्थानमा रहेको अनलाइन सेक्युरिटिजबाट २७ करोड २४ लाखको खरिद हुँदा २५ करोड १५ लाखको बिक्री भएको छ ।
आठौ स्थानमा रहेको सेयर प्रो सेक्युरिटिजबाट १२ करोडको खरिद हुँदा ३४ करोडको बिक्री भएको छ
नवौं स्थानमा रहेको आर्यतारा सेक्युरिटिजबाट २४ करोड ३५ लाखको खरिद भएको छ भने २१ करोडको बिक्री भएको छ ।
दशौं स्थानमा रहेको दीपशिखा धितोपत्रबाट २२ करोड २२ लाखको खरिद भएको छ भने १५ करोड ५४ लाखको बिक्री भएको छ ।