काठमाण्डौ । आज दोस्रो बजारमा करिब १९ अर्बको कारोबार भएको छ । जसमा ५ वटा ब्रोकरबाट उच्च खरिद भएको छ भने ५ वटैबाट उच्च बिक्री भएको छ । आज पनि नासा सेक्युरिटिजबाट उच्च कारोबार भएको छ । यो ब्रोकरबाट आज करिब १ अर्ब ३९ करोडको खरिद र १ अर्ब २९ करोडको बिक्री भएको छ ।
दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्युरिकिटजबाट १ अर्ब २८ करोडको खरिद र करिब ८० करोडको बिक्री भएको छ ।
तेस्रो स्थानमा रहेको अनलाइन सेक्युरिटिजबाट ७६ करोडको खरिद र ७३ करोडको बिक्री भएको छ ।
चौंथो स्थानमा रहेको सनी सेक्यूरिटिजबाट करिब ६८ करोडको खरिद र ६४ करोडको बिक्री भएको छ ।
पाँचौ स्थानमा रहेको भिजन सेक्युरिटिजबाट ५७ करोडको खरिद र ७४ करोडको बिक्री भएको छ ।
छठौं स्थानमा रहेको आर्यताराबाट ६७ करोडको खरिद र ६४ करोडको बिक्री भएको छ ।
सातौं स्थानमा रहेको दीपशिखाबाट ५१ करोडको खरिद र करिव ५२ करोडको बिक्री भएको छ ।
आठौं स्थानमा रहेको डाइनामिकबाट ४८ करोडको खरिद र ४९ करोडको बिक्री भएको छ ।
नवौं स्थानमा रहेको एबीसी सेक्युरिटिजबाट करिब ४३ करोडको खरिद र करिब ५२ करोडको बिक्री भएको छ ।
दशौं स्थानमा रहेको अग्रवाल सेक्युरिटिजबाट ३१ करोडको खरिद र ५० करोडको बिक्री भएको छ ।