काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ५ वटा ब्रोकरबाट उच्च खरिद भएकोे छ भने ५ वटैबाट उच्च बिक्री भएको छ ।
आज सर्वाधिक सेयर कारोबार गर्ने ब्रोकरको रुपमा नासो सेक्युरिटिज रह्यो । यो ब्रोकरबाट आज २४ करोडको खरिद र २३ करोड २२ लाखको बिक्री भएको छ ।
दोस्रो स्थानमा रहेको भिजन सेक्युरिटिजबाट १९ करोड ३० लाखको खरिद भएको छ भने २० करोड ८३ लाखको बिक्री भएको छ ।
तेस्रो स्थानमा रहेको इम्पेरियल सेक्युरिटिजबाट २० करोड ७८ लाखको खरिद भएको छ भने १९ करोड २२ लाखको बिक्री भएको छ ।
चौथो स्थानमा रहेको अनलाइन सेक्युरिटिजबाट १८ करोड ५५ लाखको खरिद भएको छ भने १७ करोड ८५ लाखको बिक्री भएको छ ।
पाँचौ स्थानमा रहेको डाइनामिक मनी म्यानेजरबाट १७ करोड ६४ लाखको खरिद भएको छ भने १७ करोड ९५ लाखको बिक्री भएको छ ।
छैठौ स्थानमा सनी सेक्युरिटिजबाट १९ करोड २६ लाखको खरिद भएको छ भने १४ करोड ५४ लाखको बिक्री भएको छ ।
सातौ स्थानमा आर्यतार सेक्युरिटिजबाट १८ करोड २५ लाखको खरिद भएको छ भने १४ करोड ७१ लाखको बिक्री भएको छ ।
आठौ स्थानमा रहेको प्रिमिएर सेक्युरिटिजबाट ११ करोड ९२ लाखको खरिद भएको छ भने १३ करोड ४२ लाखको बिक्री भएको छ ।
नवौं सथानमा रहेको एबीसी सेक्युरिटिजबाट १० करोड ५८ लाखको खरिद भएको छ भने १४ करोड ४४ लाखको बिक्री भएको छ ।
दशौं स्थानमा रहेको दीपशिखा धितोपत्रबाट ११ करोड ८६ लाखको खरिद भएको छ भने १२ करोड ९७ लाखको बिक्री भएको छ ।